skip this

बारागढीमा एसईई अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

969 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–गैरसरकारी संस्था हेल्पिङ ह्यान्ड युथ सोसाइटीको आयोजनामा बारागढी गाउँपालिका–स्थित श्री नेपाल जनता माध्यमिक विद्यालय, बुधगाइँको प्राङ्गणमा एसईई अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न भएको छ ।

हेल्पिङ ह्यान्ड युथ सोसाइटीका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवाल प्रमुख अतिथि तथा उपाध्यक्ष लक्ष्मी राय विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुकेश मिश्र, शिक्षा शाखा प्रमुख जलमति चौधरी, गाउँपालिकाका सबै वडाध्यक्षहरू, माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मोटिभेशनल स्पीकर प्रदीप कुमार साहले प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई एसईई परीक्षाको प्रभावकारी तयारी, समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्र अभ्यास, आत्मविश्वास अभिवृद्धि तथा मानसिक तनाव व्यवस्थापनका विषयमा व्यावहारिक प्रशिक्षण दिनुभयो।

प्रदीप साहले विद्यार्थीहरूलाई नियमित र योजनाबद्ध अध्ययन गर्न, कठिन विषयमा बढी ध्यान केन्द्रित गर्न तथा अध्ययनबीच साना विश्राम लिँदै मानसिक सन्तुलन कायम राख्न सुझाव दिनुभयो। यस प्रशिक्षणले विद्यार्थीहरूलाई परीक्षाप्रति सकारात्मक सोच र आत्मविश्वास बढाउन सहयोग पुगेको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमको प्रबन्धन तथा निर्देशन पुनम यादवले गर्नुभएको थियो भने उद्घोषण संस्थाकी सदस्य कुमकुम गुप्ताले गर्नुभएको थियो।

हेल्पिङ ह्यान्ड युथ सोसाइटीले आगामी दिनमा पनि विद्यार्थी लक्षित शैक्षिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

nijgadh-supermart-adz1200-630