skip this yams_Max_Hospital.jpeg

रतनपुरको जंगलमा बाघको आक्रमणबाट महिला घाईते (भिडियो)

1.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नं. ११ रतनपुरको दक्षिण टोलकी एक महिला बाघको आक्रमणमा परेकी छिन् ।

बाख्रा चराउन तपोभूमी सामुदायिक वन क्षेत्रमा गएकी ४५ वर्षिया दिलकुमारी पुलामी मगरमाथि पाटे बाघले आक्रमण गरेको हो ।

आक्रमणबाट उनको छातीको तीन ठाउँमा चोट लागेको छ । बाघको आक्रमणमा परेकी दिलमायालाई सँगै गोठालो गएका स्थानीयसहितले उद्धार गरेर निजगढ सामुदायिक अस्पतालमा पु¥याएका थिए ।

बाख्रा धपाउने क्रममा बाघले पछाडीबाट झम्टेर लडाएको र पन्जाले नंग्राले छातीमा छिथोरेको घाईते दिलमायाले बताईन् ।

अस्पतालका डा. मुन्नाकुमार साहले अर्ध चेत अवस्थामा अस्पतालमा ल्याईएकी घाईतेको उपचार भईरहेको बताउँदै अवस्था सामान्य रहेको जानकारी दिए ।

nijgadh-supermart-adz1200-630