अनुगमन र मूल्यांकनको कार्यविधि बनाएर व्यवस्थित गर्छौ: अजय कुमार उप्रेती (अन्तवार्ता)
वि.सं.२०८० कात्तिक १९ आइतवार १९:१९
बाराको निजगढ नगरपालिकाका छैठौं तहका अधिकृत अजय कुमार उप्रेती योजना शाखा प्रमुख हुन् । नगरपालिकाको सहकारी शाखाको जिम्मेवारी समेत उप्रेतीको काँधमा छ । निजगढ क्षेत्रमा सहकारीको अवस्था र नगरपालिकाको भूमिकामा केन्द्रित भएर गरिएको कुराकानी :
निजगढ नगरपालिकामा कति सहकारी विद्युतीय अभिलेखमा आवद्ध छन् ?
–निजगढ नगरपालिकामा ईन्टरनेटमा आधारित एकीकृत सहकारी तथा गरिबी ब्यवस्थापन सुचना प्रणाली (सहकारिको विद्युतीय अभिलेख) मा ४२ वटा सहकारी आवद्ध छन् । एउटा आवद्ध हुने क्रममा छ । त्यसलाई हामीले पत्रचार गरिसकेका छौं । सहकारीले आवद्धताका लागि पत्र पठाईसकेको छ । यो आवद्ध भएसँगै ४३ सहकारी आवद्ध हुनेछन् ।
सहकारीको सक्रियता कस्तो छ ?
–सहकारी ऐन २०४८ हुदाँ र २०७४ हुदाँको अलिकति फरक पाईएको छ । पहिला डिभिजन सहकारी कार्यालयमा दर्ता भएका सरकारीका फाईलहरु र स्थानीय तहमा दर्ता भएका सहकारी हेर्दा पहिला जुन सहकारीहरु दर्ता भए अधिकतम बचत तथा ऋण सहकारी संस्थाहरु थिए ।
तिनीहरु मध्ये केहि सहकारी संस्थाहरुलाई हामीले हेर्दाखेरी ईगर्भनेन्स (सहकारिको विद्युतीय अभिलेख) मा आवद्ध भएको स्थलगत रुपमा अनुगमन गरेर हेर्दा पनि केहि सहकारी संस्थाहरु निस्कृय रुपमा समेत रहेका छन् ।
निस्कृय रहेका सहकारीहरुलाई सक्रिय बनाउने पछिल्लो समय हामीले प्रयास गरेका छौं ।
सहकारीमा अनुगमन नहुने गरेका कारण समस्याहरु आएको भनिन्छ नि ?
–पक्कै पनि यो राष्ट्रिय समस्याका रुपमा उजागर भईरहेको विषय हो । निजगढको अनुगमनकै कारण सहकारी दुर्घटनामा परेको अवस्था छैन । यथार्त कुरा चाँहि अनुगमन र मूल्यांकनका कुनै कार्यविधि बनिसकेका छैनन् ।
अनुगमनमा जाने र संस्थाको अवस्था कस्तो छ भनेर बुझ्ने कार्यले मात्रै अनुगमन मूल्यांकन हुन्छ भन्ने मलाई लाग्दैन । त्यस कारण नगर प्रमुखसहित जनप्रतिनिधि र कार्यपालिकामा पनि कुरा राखिसकेको छु । अनुगमन र मूल्यांकनको कार्यविधि बनाएर त्यसलाई व्यवस्थित गरेर भोलिका दिनमा के गर्ने, अनुगमन गर्दा देखिएका समस्यालाई कसरी समाधान गर्ने भन्ने जस्ता पाटो नीतिगत रुपमै बनाएर गर्ने प्रयासमा हामी छौं ।
वि.सं.२०८० कात्तिक १९ आइतवार १९:१९