skip this hetauda tech

नेपालको पूर्वाधार विस्तारमा चिनियाँ लगानीको अपेक्षा रहेको छ –प्रधानमन्त्री दाहाल

372 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपालको पूर्वाधार विस्तारमा चिनियाँ लगानीको अपेक्षा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आज नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल चाइना विजनेश फोरममापूर्वाधार विस्तारमा चिनियाँ सहयोग रहदै आएको बताउदै अति कम विकसित राष्ट्रबाट नेपाल स्तोरोन्ति हुँदै गरेको सन्दर्भमा पूर्वाधार विस्तारको आवश्यकता रहेको बताएका हुन ।

चीन नेपालको लागि दोस्रो ठूलो व्यापार साझेदार र प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा पहिलो राष्ट्र रहेको भन्दै नेपाल चीनको आर्थिक सम्बन्ध थप मजबुत बनाउनु पर्ने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् ।नेपाल र चीनबीचको व्यापारमा असन्तुलन बढी भएकोमा चिन्ता प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेका छन् ।नेपालमा लगानी विस्तार गर्नको लागि चिनियाँ लगानीकर्तालाई उनले आग्रह गरेका छन् । सरकारले लगानीलाई प्रोत्साहन गरेको, लगानीमैत्री काननुनहरू रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

nijgadh-supermart-adz1200-630