skip this farak Kura Pravakar

क्यान महासंघको विधान नै युवालाई नेतृत्वमा पुग्न बाधक छ : चिरञ्जीवी अधिकारी [अन्तर्वार्ता]

चिरञ्जीवी अधिकारी, सचिव, क्यान महासंघ

2.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नेपालमा सूचनाप्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ-संस्था र व्यवसायीहरुको छाता संगठन हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचनाप्रविधि सम्बन्धी नीति निर्माण, कार्यान्वयनतथा सहजिकरणलगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिंदै आएको छ ।

क्यान सन् २०१५ मा कम्प्युटर एशोसिएशन नेपाल महासंघमा रुपान्तरित भएको हो । आगामीको नेतृत्वका लागि क्यान महासंघको महाधिवेशन हुदैँछ । क्यान महासंघको केन्द्रिय सचिवरहेका चिरञ्जिबी अधिकारी क्यान महासंघ अध्यक्षको प्रतिस्पर्धामा छन् । दुई दशकदेखि सूचनाप्रविधिको क्षेत्रमा सक्रिय उनी सूचना प्रविधि पढाउनेदेखि सफ्टवेयर डेभलप्मेन्ट, साइबर सेक्युरेटीविभिन्न कम्युनिटीविभिन्न कार्यक्रम कम्युनिटी सम्बन्धि विभिन्न अर्गनाइजेसन, एड्भोकेसीका कामहरु गर्दै आइरहेका छन् । उनै अधिकारीलाई नेपालको अहिलको अवस्था र आगामी योजनाका साथै चुनावी एजेण्डाको विषयमा महेश्वर अधिकारीले कुराकानी गरेका छन् ।

 

सुचना प्रविधिको क्षेत्रको अपरिहार्यताको बारेमा विभिन्न खालको कुराकानी हुन्छ तर प्राथमिकताको हिसाबले राज्यबाट नपरेको क्षेत्र बनेको छ । यो सन्र्दभमा तपाईको फेडेक्सन मार्फत कसरी लविङ हुदैछ ? यसलाई प्राथमिकतामा राख्न, यसको महत्व बुझाउन, यसको लागि के –के गर्दै हुनुहुन्छ ?

–मुख्यतया क्यान महासंघ भनेको एउटा विद्यार्थीहरुको प्रोफेशनल व्यापारीहरुको, एक्सपोर्टहरुको एउटा साझा संगठन हो ।यसमा विभिन्न इस्यूहरुको जस्तैः विद्यार्थी, उद्योग, नीतिगत मुद्दाहरु हुन्छन् । यसमा हामीले कामहरु गर्छाै ।नेपाल सरकारले मात्र होइन,नेपालका प्रमुख राजनीतिक दलहरुले पनि यसलाई एउटा प्रचार–प्रसार मात्र गर्ने सूचना प्रविधिको नाममा राजनीति गर्ने रुपमा मात्र लिएको जस्तो लाग्छ । आजको दिन सम्मको राजनीतिक दलहरुको घोषणा–पत्र हेर्नुभयो भने सूचना प्रविधिलाई प्राथमिकता दिनुपर्छ भन्ने छ, तर कसरी कार्यान्वयनगर्न सकिन्छ यसको प्रभावके हो, यसलाई कसरी कार्यान्वयनमालान सकिन्छ भन्ने बहस भएको थाहा छैन । क्यान महासंघले खास गर्ने भनेको नीतिगत सल्लाकार दिनेहो । सरकारलाई कुनै नीति निर्माण गर्नुप¥यो भने उद्योग विशेषज्ञ, एकेडेमी विशेषज्ञले सरकारलाई पोलिसिमा सल्लाहकार भूमिका दिने हो । अर्को भनेको एकेडेमी र उद्योग ब्रिजिङ गर्ने कामहरु गर्ने हो । जसरी चाहिँ दलहरु लगायत नेपाल सरकारले जुन रुपमा लिनुपर्थो त्यो रुपमा लिइएको पाईदैन । नीतिहरुमा मात्र भएर हुदैँन यसको कार्यान्वयनको अवस्था एकदमै फितलो छ । अहिले के पनि बुझिन्छ भने आइटी भनेको मात्र एउटा सोसल मिडिया चलाउने हो भन्ने बझिन्छ । यो एकदम गलत बुझाई हो । हामी कसरी अगाडि बढिरहेका छौँ ।नेपाल सरकारले कस्तो प्राथमिकता दिएको छ जति हुनुपर्ने सामाजिकरण भएको पाइदैन ।

तपाईले भर्खरै मात्र एउटा आर्टिकलको रुपमा बहस छेड्नु भएको छ । नेपालमा वैकिङ लगायतका विभिन्न क्षेत्रमा यसको जनशक्तिको प्रयोग र यसको सफ्टवयेरको विषयमा आत्मनिर्भर बनाउन सकिन्थ्यो तर राज्यले यो क्षेत्रबाट नेपाली युवाहरुको योगदान उनीहरुको श्रम र उनीहरुको उत्पादनलाई पत्याएन, जसले गर्दा राज्यबाट अर्बैँअर्बैँ पैसा बाहिरियो र रोजगार सृजनामा पनि यसले अपेक्षीत उपलब्धि दिएन भन्ने तपाईले बहस छेड्नु भएको छ यो के हो ?

–हामीले के भन्दै आएका छौँ भने नेपाल बन्छ, जब नेपालमा बनाईन्छ ।नेपालमा सामाजीकरणबाटनिर्माणगरेर बनाउनु भनेको लामो समय लाग्छ । एसेम्बलको रुपमा केहि हदसम्म हुन्छ तर सफ्टवयेर इन्जियरबाट नेपालमा समृद्वि ल्याउन सकिन्छ । आजको दिनसम्मवित्तीय संस्था बैंकिङ क्षेत्रबाट मात्र ५अर्ब बढीसफ्टवेयरखरिद प्रकृयामा सफ्टवेयरका समर्थनमा हरेक वर्ष गइरहेको छ । यसलाई रोक्न सकियो भने पनि नेपालमा ठुलो रोजगारी सृजना गर्न सकिन्छ ।हाम्रो पैसा जुन बाहिर पठाइन्छ, त्यसलाई रोक्न सकिन्छ ।राष्ट्रका लागि योगदानगर्न सकिन्छ । नेपालमा बनेको सफ्टवेयरहरु पनि एकदमै राम्रा छन् । तैपनि किन विश्वास गरिन्न, किन चाहिँ करोडमा विदेशीकिनिन्छ?समान विशेषताहरु, उही मोडेलहुन्छ । विभिन्न बाहानामा विदेशी सफ्वेयरलाई भित्र्याउनेगिरोहहरु नेपाली सरकारी निकाय र बैंकिङ क्षेत्रमा छन् । यसलाई हामीले निरुत्साहित गर्नुपर्दछ ।निरुत्साहितको असर भनेको नेपाली उत्पादनहरु सबै राम्रा छन्, भनेर म भन्दिन तर राम्रा सफ्वेयर छन् । गुणस्तर चेक गरेर स्वतन्त्र निकाय बनाउने र त्यसको गुणस्तरप्रमाणित गरिसकेपछि नेपालमा नै प्रयोग गर्नुपर्छ । त्यसमा हामीलाई फाइदा रहन्छ, एउटा भनेको सुरक्षा कन्फिगरेसन । डेटाको प्रोटेक्सनको विषय छ । जस्तै तपाईले कुनै विदेशीको सफ्टवेयरको प्रयोग गर्नुहुन्छ ।

विदेशीले कुनै सर्पोट गर्नुप¥यो भने यहाँबाट रिर्पोट लिन्छ र यहाँ आएर हाम्रो कोर सफ्टवेयरमा छिर्छन, भने त्यो डाटा सुरक्षित रहन सक्दैन । एकातिर डाटाको सुरक्षाको समस्या छ । अर्कोतिर ठुलो रोजगारको सृजना नेपालको विद्धानहरु बाहिर जाने अवस्था छ । अहिले नेपालीहरुले नै यहिँ बसेर विदेशी सफ्टवेयरहरु बनाईरहेका छन् ।तीनै विदेशीले फेरि नेपालमा त्यही सफ्टवेयर बेचेका छन् । नेपालका विद्धान र दक्षजनशक्ति नेपालमा नै सदुपयोग गर्ने पाइरहेको छैन । विदेशी सफ्वेयरको दबदबा र हाबी छ । समान सुविधा भएको नेपाली सफ्टवेयर किन्नुभयो भने नेपालमा १ करोड पर्छ । विदेशी किन्नुभयो भने ५ करोड पर्छ । एक करोडमा ५ करोडको क्वालिटी चाहानु हुन्छ, त्यो सम्भव छैन । हामी कुन चरणमा छौं र त्यसलाईचरणबद्ध रुपमा कसरी लाने हो भन्ने उचित योजना बनाउनुपर्छ । यसलाई सरकारले रोक्नुपर्छ यसको चरणबद्धलाई रोक्नुपर्छ ।आजको भोलि नै म भन्दिन तर यसको चरणबद्ध गर्न, यो वर्ष २० अर्को वर्ष २० गर्दै यसलाई शुन्यमा लान सकियो भने नेपालको समृद्धि हुन्छ । अहिलेको वार भनेको साइबरवार हो । यसको विरुद्ध हामी कसरी लड्न सक्छौ, न हामी नेपालीले बनाएको हाडवेयर, सफ्टवेयर, माइण्ड, नलेज प्रयोग गछौ । सबै आउटसोर्स गर्दा नेपाली आईटी उद्योग मात्र नभएर सबै अर्थतन्त्र नै धरासायीमा परेर अरुको पन्जामा जाने जोखिममा छ । यसलाई रोक्नुपर्छ ।

सरकारी वेब–साइटहरु नै ह्याक भइरहेका हुन्छन् । विभिन्न सरकारी संयन्त्र कै सुरक्षित छैन, यस्तो अवस्थामा तपाईहरुको सस्ंथा मेलाहरु गर्ने बाहेक सचेतनाको लागि उत्प्ररित गर्न के गर्दै हुनुहुन्छ ?तपाई त्यसको सचिव पनि हुनुहुन्छ, काम कतिको गर्न सकियो भन्ने लाग्छ ?

–टिम वर्क इन ठिम वर्क टिममा जसरी काम भइरहेको हुन्छन् । त्यो खालको भइरहेको म देख्दिन । त्यहाँ पनि एउटा प्रोगेसिप माइण्डसेट, वल्ड माइण्डसेटको बीचमा एउटा द्धन्द्ध छ । त्यो द्धन्द्धले के गर्छ भने, जुन काम हुनुपर्ने र गर्नुपर्ने जति हुन सकेको छैन । क्यान महासंघले जुन लेवलमा पैरबी गर्नुपथ्र्यो, जुनलेवलमा एकेडेमी उद्योग नीतिका लागि सरकारलाई झकझकाउनु पथ्र्याे । त्यो लेवलमा गर्न सकेको छैन । त्यसको लागि क्यानमा जुन नेतृत्वपरिवर्तन गर्ने किन हामी यो कुुरा गरिराखेको छौ भने, एउटै मान्छे वर्षौ वर्षौ बस्ने । दशौं वर्ष, बिसौं वर्ष ती संंस्थामा टाँसेर बस्ने प्रवृति छ । क्यान महासंघंको विधान हेर्नुभयो भने,यो विधानले नेतृत्वमा पुग्न युवाहरुलाई रोकिराखेको अवस्था छ । पहिला सदस्य हुनुप¥यो । सदस्य भएको दुई वर्षहुनुपर्छ, फेरि केन्द्रिय सदस्य हुनुप¥यो । फेरि पदाधिकारी हुनुप¥यो । फेरि अध्यक्ष हुनुप¥यो । क्यानको संरचना परिर्वतन गर्नुपर्छ भनेर लागेका छौ । केन्द्रिय सदस्य भईसकेपछि तुरुन्त केन्द्रिय अध्यक्षको लागि उम्मेदवारी दिनपाउने व्यवस्थाका लागि हुनुपर्छ ।


मतलब पदाधिकारीमा गएर अनुभव हासिल गरेर मात्र नेतृत्वमा पुग्न मिल्ने प्रावधान हटाउने तपाईको विचार हो ?

–अहिले पदाधिकारी के छ भने केन्द्रिय सदस्यहरुबाट प्रत्यक्ष चुनाव गरेर पदाधिकारी चयन चलन छ । त्यसमा पनि हामीले सम्पुर्ण पदाधिकारीहरु प्रत्यक्ष निवार्चन गर्ने जसले गर्दा चुनाव भइसक्दा पनि गुट, उपगुट चाकडी चाप्लुसीहरुलाई मिनिमाइज गर्नको लागि प्रत्यक्ष निर्वाचन गर्दै जानुपर्छ भन्ने हाम्रो एजेन्टा छ । अर्को एजेन्टा के छ भने, क्यान महासंघं महासंघं हो तर देश व्यापि सञ्जाल भएको संस्थाको काठमाडौं, ललितपुर, भक्तपुरमा मात्र भोटिङ ७० प्रतिशत छ । ३० प्रतिशत जिल्लाको छ । यो संरचनालाई नै बदल्नु पर्छ, भन्ने हाम्रो एजेन्टा छ । यसमा के भनेका छौं भने काठमाडौं, ललितपुर, भक्तपुरलाई चाहिँ महाशाखाका रुपमा रुपान्तरण गर्ने क्यान महाशाखा त्यसको अहिलेको फेजमा त्यसको वाइजेज ४० प्रतिशत राख्ने र सबै जिल्लाको वेइजेज ६० प्रतिशत राख्ने । जसले गर्दा काठमाडौं वसिराखेको मान्छे जिल्लाको ग्राउड नबुझिकन जिल्ला घुमेर त्यहाँकोवस्तुस्थितिलाई नबुझिकन कोहि पनि नेतृत्वमा पुग्न नसकेकोस भनेर हामी यस्तो संरचनाको प्रस्ताव गरको हो ।

महाधिवेशनको तयारी सुरु भईसकेको छ, तपाईहरुले उम्मेदवारीको घोषणा पनि गरिसक्नु भएको छ । यसको चुनावी अभियान कसरी सुरु हुन्छ ?यसको संरचना कस्तो छ ?

–यसको संरचना एउटा जिल्लाबाट प्रदेशमा आउने, प्रदेशबाट केन्द्रमा आउने, अर्को क्यान महासंघंका केन्द्रमा चाहिँ एउटा वस्तुगत सदस्य भन्ने छ, जुन आईटी सम्बन्धि एनजिओ अर्गनाइजेसन खोलेर कामहरु गर्नुभएको छ ।उहाँहरुबाट १० प्रतिशत वेइजेज भन्ने छ । अर्को भनेको संस्थागत व्यापारीहरु इन्डस्ट्रिबाट त्यसको जर्नल र लाइफ मेम्बर भन्ने छ । अर्को व्यक्तिगत सदस्य पनि जर्नल र लाइफ मेम्बर भन्ने छ । यसरी व्यक्तिगत, संस्थागत, प्रोफस्नल, बस्तुगत गरि यी चार क्षेत्रबाट क्यान महासंघमा केन्द्रीय सदस्य आउने प्रचलन छ ।


तपाईले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । टिम बनाउदै हुनुहुन्छ कि अध्यक्षको लागि मात्रै तयारी गर्दै हुनुहुन्छ ?

-लगभग ४० प्रतिशत टिम घोषणा गरिसकेका छौं । हामी बढी चाहीँ युवाहरु जसले इन्डस्ट्रिलाई बुझ्नु भएको छ । ४ वर्ष पढेर, स्टाटअप भएर स्टाट अपको दुःख बुझेरकाहरु हुनुहुन्छ । किन नेपालमा समृद्ध हुन सकेन? किन नेपाल आइटी फ्रेण्डली हुन सकेन । किन आइटीको विकास हुन सकेन ? भनेर बुझ्ने युवाहरु नै उम्मेदवार हुनुहुन्छ ।

तपाईहरुको समुह र अर्को समुहको बिचमा तुलना गरियो भने तपाईहरुको फरक एजेन्डा के छ ?

–हाम्रो एजेण्डा अरु भन्दा फरक छ । क्यानको संंरचनामा अरु प्रतिस्पर्धी भन्दा फरक छौं । हाम्रो मुख्य एजेण्डा क्यानको संरचना परिवर्तनप्रति केन्द्रित छ । यसको विधानमा त्रुटि छ । त्यो संरचनाको परिवर्तनले नै नयाँ युवाहरुलाई आर्कषण गर्छ । अर्को हामीले सफ्टवेयर उद्योगलाई अघि सारेका छौं । नेपालमा सम्ंवृद्धि बनाउने माध्यम सफ्टवेयर हो । यसलाई पहिलो प्राथमिकता दिन लागेका छौं । मेडिन इन नेपाल, नेपालमा बनेका वस्तुलाई प्राथमिकता दिनुप¥यो, त्यसलाई प्लेसमेन्ट गनुप¥यो । यसलाई सरकारले प्राथमिकता दिनुप¥यो, किन्नुप¥यो,चलाउनुप¥यो इनपावर गर्नुप¥यो ।त्यसले चाहिँ थुप्रै युवाहरुलाई रोजगारी दिन्छ । यो अर्को एजेन्टा हो ।

अर्को क्यान महासघंलाई आजको दिनमा हेर्नुभयो भने धेरै कम सदस्यहरु छन् । बाहिर रहेका ५० हजार युवाहरुलाई कसरी क्यानमा आकर्षण गर्ने भन्ने हाम्रो प्रमुख एजेण्डा पनि छ । युवाहरुले के चाहान्छन त अहिले आइटीमा अहिले आइटिमा स्किल्स हो । एकेडेमी सेक्टरमा पनि धेरै नलेज हुन्छ । स्किल्सलाई कसरी कम्पिटेसनमा कन्भर्ट गर्ने,कसरी स्किल्सलाई आउटसोर्स गर्ने, स्किल्सलाई टान्सफर गर्ने । यसले हाम्रो विभिन्न वर्कशपहरुलाई विभिन्न सेक्टरमा । इआइइ, डाटा साइन्स, प्रोगामीङ, नेटवर्क जतिपनि फरकफरक डोमेनहरु छ । त्यो डोमेन वाइज नै वर्कशप गर्ने सातै वटा प्रदेशमा हाम्रो योजना छ ।

अर्को भनेको एकेडेमी इन्डस्ट्रीले फिल गर्नुप¥यो कि क्यान महासंघं हाम्रो हो । यो आइटी फेडेरेशन हाम्रो हो । नेपालको सघं हो । यसबाट हामीले धेरै कुरा गर्नसक्छौ । यो एउटा प्यालटर्फम हो । क्यान महासंघं विद्यार्थीहरुलाई प्रोफेशनलहरुलाई, इन्डस्ट्रिलाई प्याल्टर्फम हो । त्यो प्याल्टर्फम बनाउन हामी त्यति सकिरहेको छैनौं । र एउटा आइटीको हबका रुपमा नेपाललाई विकास गर्नका लागि हाम्रो जिम्मेवारी हो ।

nijgadh-supermart-adz1200-630