पाेखराकाे अन्नपूर्ण केबलकारमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

510 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् ।

बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको हो ।

समझदारीअनुसार बैंकका कार्डवाहकले अन्नपूर्ण केबलकारमा २५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । साथै, पोखराका सिटिजन्स बैंकका शाखाहरूमा नयाँ खाता खोल्ने ग्राहकका लागि अन्नपूर्ण केबलकारको टिकट निःशुल्क उपलब्ध हुने उल्लेख छ ।

nijgadh-supermart-adz1200-630