कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक,यस्तो छ कार्यसुची

87 shares

काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।बैठकमा केन्द्रीय कार्य सम्पाद समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको पौडेलले जानकारी दिएका छन् ।कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिंदैछन् ।