skip this hetauda tech

सञ्चालक भाग्ने या उम्किने अवस्था छैन : सहकारी विभाग रजिष्ट्रार नमराज घिमिरे [अन्तर्वार्ता ]

सहकारीका समस्यामा उजुरी आएपछि उजुरीको प्रकृतिका आधारमा हामीले कारबाही प्रक्रिया अघि बढाउँछौँ

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

२ चैत २०७७ देखि एक वर्ष यातायात व्यवस्था विभागको नेतृत्व सम्हालेका घिमिरे वन तथा वातावरण मन्त्रालयमा सहसचिव रहेको अवस्थामा मन्त्रीपरिषद्को निर्णयसँगै सहकारी विभागमा सरुवा भएका थिए ।

हेटौडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा स्थानीय तहमा समेत काम गरेका घिमिरेले ४ महिनादेखि संघीय सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरे २७ माघ २०७९ देखि संघीय सहकारी विभागको रजिष्ट्रारका रुपमा कार्यरत छन् ।

नेपाली सहकारी संस्थाहरू अहिले समस्या भोगिरहेका छन् । संस्थागत तथा आर्थिक सुशासनको कमजोरीका कारण पछिल्लो समय गहिरिँदै गएको तरलता अभावले केही सहकारीको उठीबास नै लगाउने स्थिति बनेको छ ।

यतिखेर सहकारी विभागमा सहकारीबाट ठगी आरोपका सयौं उजुरीका चाङ लागेका छन् । सहकारीले पैसा खाएर भागेको, बचतकर्ताको निक्षेप फिर्ता नगरेको, बढी ब्याजको लोभ देखाएर बचत रकम नै गायब गरेका जस्ता उजुरी दिनहुँ विभागमा परिरहेका छन् । यसै सन्दर्भमा सहकारी विभागको रजिष्ट्रार नमराज घिमिरेसंग गरिएको कुराकानी :

एकपछि अर्को सहकारी डुबिरहेका छन्, तपाईंहरू के गर्दै हुनुहुन्छ ?

सहकारीका समस्यामा उजुरी आएपछि उजुरीको प्रकृतिका आधारमा हामीले कारबाही प्रक्रिया अघि बढाउँछौँ । सहकारी ऐन २०७४ को दफा १२२ अनुसार हामीले नियमित र सघन नियमन गरिरहेका छौँ । उजुरी आएपछि या समाचार सार्वजनिक भएपछि हामीले सघन अनुगमन गर्छौं । अनुगमनका क्रममा सुधार हुने अवस्था भएमा या सम्पत्ति र दायित्वको अवस्था सकारात्मक भएमा सुधारको मौका दिन्छौँ । सुधारको सम्भावना नभएमा समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गर्छौँ ।

सहकारीका सञ्चालकहरू भाग्नुमा तपाईंहरूको नियमन फितलो भएको हो कि अन्य कारण पनि छन् ?

सहकारीहरू समस्याग्रस्त हुनुमा मुख्यतः तीन कारण छन् । पहिलो, अधिकांशमा वित्तीय क्षेत्रमा आएको समस्याका कारण तरलता अभाव भई निक्षेप फिर्ता गर्न नसकेपछि निक्षेपकर्तामा विश्वास गुम्यो । दोस्रो, मध्यम र ठूला सहकारीले ठूलो रकम घरजग्गामा लगानी गरे । घरजग्गा कारोबारमा शिथिलता आएपछि उनीहरूले बचत फिर्ता गर्न सकेनन् । तेस्रो, कतिपय सहकारीका सञ्चालकले बदमासी गरेर आफ्नै अन्य कम्पनीमा ठूलो रकम लगानी गरे । नियमविपरीत आफैँले ऋण लिए । त्यसले गर्दा समस्या बढेको हो ।

अहिले समस्यामा परेका निक्षेपकर्ताको रकम फिर्ता हुने र भविष्यमा थप समस्या नबढ्ने आधार के छ ?

सहकारीका सञ्चालक भाग्ने या उम्किने अवस्था छैन । उनीहरूको जायजेथाबाट असुलउपर गरेर निक्षेपकर्ताको रकम फिर्ता गरिन्छ । नियम र प्रक्रिया पूरा गर्न समय लाग्छ, तर कसैको रकम डुब्दैन ।

nijgadh-supermart-adz1200-630