skip this farak Kura Pravakar

सहकारी संजाल निजगढले ६८ औँ राष्ट्रिय सहकारी दिवस भब्यका साथ मनाउने

537 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-निजगढ सहकारी संजालले ६८औँ राष्ट्रिय सहकारी दिवस भब्यका साथ मनाउने तयारी भएको छ ।

सन्जालका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा आईतबार सगरमाथा साकोसको सभाहलमा बसेको बैठकले चैत्र २० गते मनाइन लागिएको राष्ट्रिय सहकारी दिवस सक्रियताका साथ मनाउने निर्णय गरेको हो ।

निजगढका सहकारीका अध्यक्ष र ब्यवस्थापकहरुबीच भएको बैठकले निजगढ नगरपालिकाले यस वर्ष “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मुल नाराका साथ मनाउन लागेको सहकारी दिवसमा निजगढमा रहेका सबै सहकारी संघसंस्थाबाट संचालक समिति पदाधिकारी, कर्मचारी र सदस्यहरुले आ-आफ्नो संघसंस्थाको पहिचान, ब्यानर र राष्ट्रिय झण्डा सहित सहभागीता जनाउने निर्णय गरिएको सन्जालका अध्यक्ष गौतमले बताए ।

nijgadh-supermart-adz1200-630