skip this farak Kura Pravakar

सिमराकाे होटेल इच्छामा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

582 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले बाराको सिमरामा रहेको पाँचतारे होटेल इच्छा प्रालिमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट दिने विषयमा बैंक र होटेलबीच समझदारी भएको हो ।

समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डवाहकले होटेल इच्छामा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यो सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

हाल बैंकले देशभरमा एक सय ८२ शाखा, एक सय ३९ एटिएम, तीन विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।

nijgadh-supermart-adz1200-630