नामाकरणको विरोध गर्दै कोशी प्रदेशमा प्रदर्शनः अनिश्चितकालीन निषेधाज्ञा जारी

135 shares

काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । नामकरणको विरोधमा दैनिक प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना निकालेर भोलि बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गर्नुभएको सूचनामा सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको उल्लेख छ । गएको फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो । त्यसपछि कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।विशेषगरी प्रदेश १ को नाम किराँत हुनुपर्ने माग गर्दै आएकाहरुले दैनिक प्रदर्शन गरिरहेका छन् ।