skip this yams_Max_Hospital.jpeg

जन्मिँदा स्याउजत्रै थिइन्, १३ महिना अस्पताल बसेर फर्किइन् घर

1.17K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

सिंगापुर : गत वर्ष जुन ९ मा क्वेक यू सुआन सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा जन्मिँदा २१२ ग्रामकी थिइन्। यो झण्डै एउटा ठूलो स्याउ जतिको तौल हो।
द स्ट्रेट्स टाइम्सका अनुसार उनी समयपूर्व अर्थात चार महिना अघि नै जन्मेकी थिइन्। डाक्टरहरूले शिशुको तौल कम्तीमा पनि ४०० ग्राम हुने अनुमान गरेका थिए। तर उनी जम्मा २१२ ग्रामकी थिइन्। सामान्यतया बच्चा नौ महिना भएपछि जन्मिन्छन्। तर सुआन समयपूर्व नै जन्मिएपछि अस्पतालमा भर्ना गर्नुपर्‍यो। १३ महिना अस्पताल बसेपछि गत जुलाई ९ मा उनी डिस्चार्ज भइन्। उनी विश्वकै सबैभन्दा सानो शिशु भएको अनुमान छ जो समयपूर्व जन्मिएर बाँचिन्।
जब सुआनलाई एनआइसियूमा लगियो एनयुएचका नर्स झ्याङ सुहीले विश्वास नै गर्न सकेकी थिइनन्। ‘म स्तब्ध भएँ। मैले मेरा प्रोफेसरलाई भनेँ- तपाई विश्वास गर्न सक्नुहुन्छ? नर्स भएको २२ वर्ष अनुभवमा मैले कहिल्यै भर्खरै जन्मिएको शिशु यति सानो देखेकी थिइनँ,’ उनले भनिन्।
युनिभर्सिटी अफ लोवाको टाइनिएस्ट बेबिज रजिस्ट्रीको यसअघिको रेकर्ड अनुसार सन् २०१८ मा अमेरिकामा २४५ ग्रामकी शिशु जन्मिएकी थिइन् ।
एनयुएचका अनुसार सुआन जस्ता चार महिना अघि नै जन्मिने बच्चाको बाँच्ने सम्भावना ७० प्रतिशत मात्रै हुन्छ।उनीहरूको उपचारपछि चारदेखि ६ महिनामा डिस्चार्ज हुने गर्छन्। तर यु सुआन धेरै नै सानो भएकाले उनलाई १३ महिना अस्पतालमा राख्नुपर्‍यो। उनी सो अस्पतालमा सबैभन्दा धेरै समय बस्ने शिशु बनेकी छन्। सुआन यति छिट्टै जन्मिन्छन् भन्नेबारे बुवा क्वेक वि लियाङ र आमा वोङ मेइ लिङको लागि पनि अचम्मको कुरा थियो।
सिंगापुरका स्थायी बासिन्दा उनीहरूले मलेसिया गएर बच्चा जन्माउने सोचेका थिए। त्यहाँ उनीहरूका चार वर्षीय छोरा छन् जसको हेरचाह क्वेकका आमा-बुवाले गरिरहेका छन्।
बिमा कम्पनीमा काम गर्ने वोङको गत वर्ष जुन ८ मा एक्कासि पेट दुखेपछि एनयुएच लगियो। वोङको स्वास्थ्य अवस्थाको कारण बच्चाको डेलिभरी चाँडै गरिएको थियो। १३ महिनापछि सुआनको गत जुलाइ ९ मा डिस्चार्ज हुँदा उनको तौल ६.३ किलो थियो। उनी डिस्चार्ज हुँदै गर्दा अस्पतालका नर्सहरूले तस्वीरसमेत खिचाएका थिए।
यु सुआन अहिले १४ महिनाकी भइन्। तर पनि उनी पूर्ण रूपमा निको भएकी छैनन्। उनलाई फोक्सोको रोग छ र घरमै भेन्टिलेटर, अक्सिजन दिइएको छ। अहिले उनी आफैं यताउता पल्टिन सक्ने भइसकेकी छन् र बोतलबाट खान सिकिरहेकी छन्। अहिले पनि सुआनलाई फलोअपको लागि समय-समयमा अस्पताल लगिराख्न पर्छ।

nijgadh-supermart-adz1200-630