skip this yams_Max_Hospital.jpeg

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य 

492 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : सोमबार नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले वृद्धि भएको छ । गत आइतबार बजारमा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको हो ।

यस्तै, आज यता चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत आइतबार चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

यता तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले नै वृद्धि हुँदै सोमबार ९० हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

nijgadh-supermart-adz1200-630