घट्यो सुनको मूल्य

वि.सं.२०८० कात्तिक २० सोमवार १२:५१
1.76K
shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन तोलाको १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वि.सं.२०८० कात्तिक २० सोमवार १२:५१