skip this hetauda tech

वागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेल बेलायतको अध्यागमन निगरानीमा

420 shares
oil-nigam-amlekhgunj-adv.jpeg

लन्डन । बेलायत आएका वागमती प्रदेश सरकारका निवर्तमान भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल यहाँको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् । बेलायत आउनका लागि प्रयोजन (स्पोन्सर) गरेका सम्बन्धित संस्थाले नै भिषा आवेदन रद्द गर्न दिल्लीस्थित ब्रिटिस हाइकमिशनलाई पत्राचार गरेपछि निवर्तमान मन्त्री पौडेलसहित उनका पत्नी बेलायतको अध्यागमनको निगरानीमा परेका हुन् ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगरले गत ३ जुलाई २०२२ मा ब्रिटिश हाइ कमिसनलाई सम्बोधन गर्दै मन्त्री पौडेल र उनकी श्रीमती कृष्णकुमारी पौडेललाई आफ्नो संस्थाले प्रायोजन गरी निमन्त्रणा गरेकाले भिसा दिन अनुरोध गरेका थिए । गत ६ अगस्ट २०२२ मा निर्धारित संघको वार्षिक साधारणसभामा पौडेल दम्पतीलाई बोलाइएको थियो ।

कभरिङ लेटरमा उनीहरू ४ अगस्टमा लन्डन आइपुग्ने र ११ अगस्टमा फर्कने जनाइएको थियो । तर पौडेल १५ डिसेम्बरमा आएर संस्था फुटाउने समूहको पक्षपोषण गर्दै संस्थाविरुद्ध गतिविधि गरेको भन्दै अध्यक्ष प्रेम गाहामगरले भिषा रद्दका लागि ब्रिटिस हाइकमिशनमा निवेदन दिएपछि पौडेल दम्पती अध्यागमनको निगरानीमा परेका छन् ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले जुन कार्यक्रमका लागि बोलाएको थियो, त्यो कार्यक्रम सकिइसकेको र आमन्त्रित अतिथिले प्रायोजकको मर्यादा समेत भुलेर अवैधानिक समूहको पक्षपोषण गर्न लागेको थाहा पाएपछि गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायत अध्यक्ष प्रेम गाहामगरले उनीहरूको भिसा आवेदन रद्द गरिदिन २६ अगस्ट २०२२ मा दिल्लीस्थित ब्रिटिश हाइकमिसनलाई पत्राचार गरेका थिए । जवाफमा ब्रिटिश हाइकमिसनले उनीहरूलाई अरू कुनै कार्यक्रममा बोलाउने भए पुनर्विचार गर्ने बत्ताउँदा गाहामगरले अहिले त्यस्तो कुनै कार्यक्रम नभएको बताएका थिए ।

तर, पौडेल दम्पतीले गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका नाममा छुट्टै गतिविधि गरिरहेको एक समूहले अवैधानिक तवरबाट गत १८ अक्टोबरमा गरेको कार्यक्रमका लागि भन्दै नक्कली कागजात राखेर उनीहरू तीन साताअघि बेलायत उत्रिएपछि ‘बोर्डर फोर्स टर्मिनल ४’ लाई खबर गरेर पौडेल दम्पत्तीलाई डिपोर्ट गर्ने प्रक्रिया बढाइएको श्रोतले बताएको छ ।

nijgadh-supermart-adz1200-630