skip this farak Kura Pravakar

जेमस्टोन्स डायमण्डद्धारा निजगढमा एक दिने व्यक्तित्व विकास तालिम आयोजना

2.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा १ दिने व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
जेमस्टोन्स डायमण्ड मिडिया प्रा. लि ले युवा लक्षित आयोजना गरेको उक्त तालिममा निजगढ नगरका युवाहरूको सहभागिता रहेको थियो ।

उन्नतिको यात्रा “Journey to Progress” परियोजना अन्तर्गतको “Keen Mind” सेसनमा सार्वजनिक विषयवस्तुमा चाँसो साथै गहिरो अध्ययन पश्चातको अभिव्यक्त गर्ने कलालाई व्यवहारिक रूपमा प्रस्तुत गर्न सिकाइएको थियो भने प्रभावकारी सञ्चार कसरी गरिन्छ भन्ने सन्दर्भमा सामुहिक छलफलका साथै प्रस्तुतिमा पनि अभ्यास गराइएको थियो ।

सञ्चारको महत्व बुझाउँदै व्यवहारिक रूपमा यसको प्रयोग गर्न सहि ढंगले सुरूवात गर्दै प्रभावकारी रूपमा प्रस्तुत हुन सक्दा आफ्ना भनाइले हरकोहीलाई प्रभावित पार्न सकिने कुरा कार्यक्रममा सहभागिहरूलाई शुभकामना दिंदै पत्रकार गुरु प्रसाद गौतमले बताए ।

समाजसेवी साथै युुवा नेता रविराज दंगालका अनुसार सार्वजनिक हितप्रति युवाहरूको चाँसो र चिन्ता हुनु आजको समयको माग भएकोले आत्मविश्वास बढाउँन र सामाजिक कार्यमा अग्रसर हुन सहभागीलाई सल्लाह दिंदै शुभकामना व्यक्त गरे ।

जेमस्टोन्स डायमण्ड मिडिया प्रा.लि. कि प्रमुख साथै तालिमकी मुख्य प्रशिक्षक रेश्मी लामिछाने भन्छिन्–हामीले यस वर्षभरि प्रत्येक महिनाको अन्तिम शनिबार गर्नेगरी १२ वटा उन्नतिको यात्रा परियोजनाका १ दिने कार्यशाला संचालन गर्ने योजना बनाएका छौं ।

जेमस्टोन्स डायमण्ड मिडिया प्रा.लि. ले गत महिना बैशाखको २७ गते “Speak Up” शिर्षक रहेको १ दिने कार्यशाला संचालन गरेको थियो । कार्यक्रमले युुवा वर्गलाई अग्रसर गराएको थियो । आगामी महिनाहरू पनि व्यक्तित्व विकाससँग सम्बन्धित रहने पनि प्रमुख लामिछानेले बताईन् ।

तालिममा २४ जना युुवाहरूको सहभागिता थियो जसमा गौरीशंकर क्याम्पस निजगढका अधिकांश विद्यार्थीहरू रहेका थिए । जसको लागि विद्यार्थी नेता विशाल तिमल्सिनाले समन्वय गरेका थिए ।

निजगढ–७ स्थित सगरमाथा साकोसको सभा हलमा भएको कार्यक्रमको मिडिया पार्टनर फरक नेपाल डट कम रहेको थियो ।

nijgadh-supermart-adz1200-630