आइसीसी क्रिकेट लिग–२ःसन्दीपले लिए महत्वपूर्ण विकेट

126 shares

काठमाडौं । आइसीसी क्रिकेट लिग– २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिएका छन्। ४९ बलमा ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मुहम्मद वासिमलाई लामिछानेले एलबीडब्लु धरपमा पारेका हुन्।

१६।२ ओभरको समाप्तिमा ९८ रन बनाउने क्रममा युएईको दुई विकेट खसेको छ। नेपालका लागि ललितनारायण राजवंशीले पहिलो सफलता दिलाएका छन्। उनले आर्यन लाक्रालाई बोल्डआउट गरेका थिए।नेपालका लागि गुल्सन झा र सोमपाल कामीले पनि कसिलो बलिङ गरिरहेका छन्।