जीतपुरसिमरा उपमहानगरपालिका नगर स्तरीय क्रिकेट प्रतियोगिता माघ अन्तिम साता हुने

वि.सं.२०८१ माघ १ मंगलवार २१:२३

बारा– जीतपुरसिमरा उपमहानगरपालिका नगर स्तरीय क्रिकेट प्रतियोगिता माघ अन्तिम साता हुने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम अन्तर्गत विद्यालय तहमा विभिन्न खेलकुद तथा अतिरित्त क्रियाकलापको प्रतिस्पर्धा गराउने नीति अनुसार क्रिकेट खेलको प्रतिस्पर्धा हुन लागेको हो ।
विभिन्न खेल तथा अतिरित्त क्रियाकलापको प्रतिस्पर्धा विभिन्न विद्यालयले संयोजन गर्दै आएका छन् । क्रिकेट प्रतियोगिताको आयोजना जीतपुरसिमरा उपमहानगरपालिका २४, हरपुर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले गर्नेछ ।
विद्यालयले सोमबार एक सूचना निकालेर जीतपुरसिमरा उपमहानगरपालिकाको प्रधानाध्यापकहरुको बैठकको निर्णय अनुसार यहि माघ महिनाको अन्तिम हप्तामा सञ्चालन हुने जीतपुरसिमरा उपमहानगरपालिका नगर स्तरीय क्रिकेट प्रतियोगिता, २०८१ मा आ–आफना विद्यालयका आधारभूत तह (छात्र र माध्यमिक तह छात्रका क्रिकेट टिम सलग्न कागजात अनुसारका प्रकृया पुरा गर्दै सहभागी गराई दिनु हुन अनुरोध गरेको छ ।
नक आउटको आधारमा खेलाइने प्रतियोगितामा सहभागितको लागि माघ १ गते देखी १५ गते सम्म विद्यालय समयमा सम्पर्क राख्न सूचनामार्फत जानकारी गराईएको छ ।

वि.सं.२०८१ माघ १ मंगलवार २१:२३