साहित्यिक चौतारी नेपालकाे ९ ओैँ वार्षिकोत्सव : मुखपत्र विमाेचनदेखि सम्मानसम्म

360 shares

काठमाण्डौँ-नेपाली साहित्यकाे विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था साहित्यिक चौतारी नेपालकाे ९ ओैँ वार्षिकोत्सव कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ ।

साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष गीता भण्डारीकाे अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा साहित्यिक चौतारी नेपालले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको चाैतारी मुखपत्र अङ्क ५ सँगै चाैतारीकी इजरायल शाखा सदस्य तथा साहित्यिक चाैतारी नेपालका आजीवन सदस्य सिन्धु पाैडेलकाे कृति मृतसागरकाे उचाइबाट एकैसाथ विमाेचन गरिएको छ ।

वार्षिकोत्सवका अवसरमा चाैतारीका ३५ वटा शाखाहरूमध्ये उत्कृष्ट शाखाका रूपमा जापान शाखा र भारत शाखालाई सम्मान गरिएको छ भने साहित्यिक चाैतारीका संस्थापक केन्द्रीय उपाध्यक्ष शुभद्रा घिमिरेलाई समेत सम्मान गरिएको छ।

कार्यक्रममा ६ जनालाई साहित्यिक चाैतारी नेपालद्वारा आजीवन सदस्यीयताकाे प्रमाणपत्र प्रदान गरिएको थियाे ।

कार्यक्रममा साहित्यिक चौतारी नेपालका ७ वटा शाखाका प्रतिनिधि क्रमशः काेशी प्रदेश शाखाका श्याम कुमार श्रेष्ठ, मधेश प्रदेश शाखाबाट यामुना प्राध्यानाङ, गण्डकी प्रदेश शाखाबाट शाेभा खनाल काेइराला वाग्मती शाखा अध्यक्ष समा श्री, प्रतिनिधि कल्पना भट्टराई, लुम्बिनी प्रदेश शाखा सल्लाहकार वसन्त वलि वसन्ती, प्रतिनिधि,वन्दना भट्टराई, कर्णाली प्रदेश शाखा सचिव मनोज परियार र सुदूरपश्चिम प्रदेश शाखा प्रतिनिधि उमेश अवस्थी ‘आदर्शले रचना वाचन गर्नुभएको थियाे ।

कार्यक्रम विभिन्न साहित्यिक संस्थाहरूका प्रतिनिधिहरूले समेत रचना वाचन गर्नुभएको थियाे । रचना वाचन गर्नेहरूमा रचनाका मुना समूह अध्यक्ष बालकुमार क्षेत्री, विश्व नेपाली साहित्य महासंघकाका केन्द्रीय काेषाध्यक्ष के.बी पाैडेल मधुवन गाेधूलिकाे साथी अध्यक्ष गणेश बाबू अधिकारी लगायतका हुनुहुन्थ्यो ।

साहित्यिक चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सरू बस्नेतकाे स्वागत कविताबाट सुुरु भएको कार्यक्रममा महानगरीय प्रहरी वृत दरवार मार्ग प्रहरी प्रमुख काेपिला चुडाल,नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी,साहित्यिक चाैतारीका संस्थापक केन्द्रीय उपाध्यक्ष शुभद्रा घिमिरे समालोचक तथा त्रिभुवन विश्वविधालयका उपप्राध्यापक निमग्ना घिमिरे नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य डा. भागवत आचार्य चौतारी वरिष्ठ सल्लाहकार डा.देवी नेपाल लगायतकाले बाेल्नुभएकाे थियाे ।

साहित्यिक चौतारी नेपालका संस्थापक केन्द्रीय अध्यक्ष सन्दीप संग्रौला ‘दिलदुखी’ले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमकाे सञ्चालन साहित्यिक चौतारी नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदी संगमले गर्नुभएको थियाे।

कार्यक्रममा रचना वाचन गर्ने ७ वटै प्रदेश शाखाका प्रतिनिधि तथा अन्य साहित्यिक संस्थाका प्रतिनिधि वाचकहरूलाई कदरपत्र समेत प्रदान गरिएको थियाे ।