skip this farak Kura Pravakar

बहरः मुतदारिक मुसम्मन् सालिम

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अर्कानः- 212.212/212.212

यो धरामा अझै कृष्ण छन् राम छन्
ज्योति चम्काउने जून छन् घाम छन्

गर्छ सत्कर्म जो हुन्छ दुत्कार ऊ
दुष्टकै विश्व प्रख्यातमा नाम छन्

बिर्सिॅदै हिॅड्दछन् मान्यता सब यहाॅ
बाबु आमा चिने देवकै धाम छन्

बेच्दछन् देशका भ्रष्टले स्रोत नै
मैनको आडमा तप्किने गाम छन्

चोट पर्दा यहाॅ आँसु पुछ्ने छ को ?
भोज गर्दा निसङ्कोच ती लाम छन्

दुष्टले किन्छ अड्डा सधैँ न्यायको
साधुका ज्यानमा ऐनका डाम छम्

राखियोस् दाम सिक्का तथा मोहरै
लाज ढाक्ने इमानी सधैॅ खाम छन्

-सिनामंगल, काठमाण्डौ

 

विन्दा पराजुली बरालको गजल

nijgadh-supermart-adz1200-630