skip this yams_Max_Hospital.jpeg

३८ वटा चिनियाँ विमान डिफेन्स क्षेत्रमा घुसेको ताइवानको दाबी 

462 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : आफ्नो एयर डिफेन्स जोनमा चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो घुसपैठ गरेको ताइवानले जनाएको छ । जनगणतन्त्र चीन स्थापनाको ७२ औं वर्षगाँठ मनाइरहेको बेइजिङले ३८ वटा फाइटर प्लेनको दुई लहर ताइवानमा पठाएको ताइवानको दाबी छ ।

ताइवानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पहिलो लहर अन्तर्गत २५ वटा पिएलएका लडाकु विमान एडिजको दक्षिण–पश्चिमी क्षेत्रमा शुक्रबार दिउँसो घुम्दै गएको अवस्थामा भेटिएको उल्लेख छ । त्यस्तै, साँझको समयमा १३ वटा पिएलएका लडाकु विमान यही क्षेत्रमा परिचालन भएको विज्ञप्तिमा उल्लेख छ ।

जवाफमा ताइवानले पनि आफ्ना जेट र मिसाइल प्रणाली परिचालन गरेको छ । ‘चीनले क्षेत्रीय शान्ति खल्बलिनेगरी सैन्य आक्रामकता देखाइरहेको छ,’ ताइवानका प्रिमियर सु सेङ चाङले यस घटनापछि भनेका छन् । चीनले ताइवानलाई आफ्नै भूभाग मान्ने गरेको छ ।

जबकी, ताइवानले आफु सार्वभौम राज्य भएको दाबी गर्छ । आफ्नो भूमिमा चीनले एयरफोर्सको मिसन सञ्चालन गरिरहेको गुनासो वर्ष दिनभन्दा लामो समयदेखि ताइवानले गरिरहेको छ ।

यता, बेइजिङले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

nijgadh-supermart-adz1200-630