skip this yams_Max_Hospital.jpeg

फेसबुक–इन्स्टा र ह्वाट्सएप आखिर ६ घण्टासम्म किन भए डाउन ? 

489 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन रहे । यसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्म पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पनीले यसबारे जानकारी दिएको छ ।

डोमेन नेम सिस्टम (डीएनएस) का कारण फेसबुक डाउन भएको बताइएको छ । डीएनएसलाई इन्टरनेटको फोनबुक पनि भनिन्छ । यसमार्फत् जब प्रयोगकर्ताले कुनै होस्ट नेम जस्तै facebook.com लाई URL मा टाइप गर्छ तब डीएनएस यसको आइपी एड्रेसमा परिवर्तन हुन्छ । आइपी अड्रेस अर्थात् जहाँ साइट हुन्छ ।

यसबाहेक बीजीपी (ब्रोडर गेटवे प्रोटोकल) का कारण पनि यी प्लेटफर्ममा समस्या देखिएको बताइएको छ । बीजीपीमा आइपी अड्रेस र डीएनएस नेमसर्भरको रुट हुन्छ ।

यसलाई यसरी पनि बुझ्न सकिन्छ, यदि डीएनएस इन्टरनेटको फोनबुक हो भने बजिीपी यसको नेभिगेशन सिस्टम हो ।

nijgadh-supermart-adz1200-630