skip this hetauda tech

सांसद असिम साहले भने – संसदभित्र राजनीतिको नायक र खलनायक छुट्याउन सकिनँ (भिडियोसहित)

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं-चलचित्र निर्देशकको पृष्ठभूमिबाट आएका रास्वपा सांसद असिम साहले संसद्भित्रको नायक र खलनायक छुट्याउन नसकेको बताएका छन् ।

सांसद बन्नुअघि डामाडोल नामको चलचित्र बनाउने योजना रहे पनि अहिले आफू डामाडोल देशलाई ट्रयाकमा ल्याउन लागिपरेको उनले बताए ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा साहले संसद भित्रको राजनीतिको निर्देशक पनि आफूले भेउ पाउन नसकेको टिप्पणी गरे । ‘चलचित्र डामाडोल बनाउन थालेको थिए, डामाडोल देशलाई ट्रयाकमा ल्याउन संसदमा आए । यहाँ नायक र खलनायक चिन्न गाह्रो भयो । अस्तिसम्म नायक देखिएको पात्र आज खलनायक जस्तो देखिन्छ, खलनायक जस्तो पात्र नायक जस्तो देखिन्छ,’ उनले भने ।

आफ्नो पार्टीका सभापति रवि लामिछानेको सांसद पद गएकोप्रति टिप्पणी गर्दै उनले त्यो पात्र फेरि आउने बताए । ‘एउटा पात्रलाई डाडा कटाइएको छ, मध्यान्तर पनि भएको छैन । हाम्रो पात्र पाउँछ,’ उनले भने ।

चलचित्र निर्देशक समेत रहेका उनले नेपालको राजनीतिको पटकथा कसले लेख्छ भन्ने भेउ नपाएको बताए । ‘यसको पटकथा कसले लेख्दैछ ? निर्देशक राष्ट्रिय हुन् कि विदेशी ? चलचित्र जस्तो भए पनि मौलिकता र नेपाली माटो बोकेको हुनुपर्छ,’ उनले भने ।

चलचित्र संयोगान्त या वियोयान्त मोडमा गएर टुंगिने गरेको उल्लेख गर्दै साहले भने, ‘५ वर्ष पनि यो संसद संयोगान्त रूपमा अन्त्य होस् ।’

भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/602269771726742

nijgadh-supermart-adz1200-630