skip this hetauda tech

पाकिस्तानको एक घरमा आगलागीः १० जनाको मृत्यु

420 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो।कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको एक प्रशासनिक जिल्ला हो । द न्युज इन्टरनेशनलका अनुसार शुक्रबार बिहान करिब ४ बजे मोहम्मद नवाबको थुप्रै कोठा भएको काठको घर र सो घरको छेउमा रहेको गोठबाट आगो सल्किएको बताइएको छ । स्थानीयवासीले घटनास्थलमा पुगेर भग्नावशेषबाट पुरिएका मानिसहरूलाई निकालेर स्वास्थ्य चौकीमा लगेको प्रत्यक्षदर्शी रज्जाक राजाले पत्रकारहरूलाई बताएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा पर्नेहरूमा मोहम्मद नवाबकी श्रीमती छब्बर बिबी, उनकी आमा जाहिदा बिबी र पाँच छोरी २० वर्षीया लिली नवाब, १८ वर्षीया समरियान बिबी, १६ वर्षीया समिना बिबी, १२ वर्षीया बिबी सानो, १९ वर्षीया अलिना बिबी र तीन छोरा छन् । त्यसैगरी आगलागीमा जलेर ५ वर्षीय मुनीर नवाब, ९ वर्षीय मुजिब नवाब र २ वर्षीय अजिज नवाबको मृत्यु भएको छ ।घटनापछि आक्रोशित परिवारका सदस्य र स्थानीयवासीले समयमै घटनास्थल नपुगेको भन्दै उद्धारक निकाय ११२ लाई कारबाही गर्न माग गर्दै काराकोरम राजमार्ग घण्टौसम्म अवरुद्ध गरेका थिए ।

डेपुटी कमिश्नर मोहम्मद रफिकले उनीहरूसँग कुरा गरेपछि शोकसन्तप्त परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेपछि उनीहरू शान्तिपूर्ण रूपमा तितरबितर भएको न्युज इन्टरनेसनलले जनाएको छ ।कार्यवाहक मुख्यमन्त्री मुहम्मद आजम खानले सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्रीले घटनामा घाइते भएकाहरुलाई उपचारको उचित व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

nijgadh-supermart-adz1200-630