skip this farak Kura Pravakar

दिगो विकास तथा सुसाशन समितिको बैठक सम्पन्न

633 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–राष्ट्रिय सभा, दिगो विकास तथा सुसाशन समितिको बैठक राजधानिमा सम्पन्न भएको छ ।

दिगो विकास तथा सुसाशन समितिको आयोजना तथा स्वाबलम्वन जीवन पद्धति केन्द्र काठमाडौंको समन्वयमा सो बैठक सम्पन्न भएको हो ।

अपाङ्गता भएका व्यक्तिको राजनैतिक अधिकार प्रवद्र्धन तथा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी प्रतिनिधित्वका लागि समावेशी निर्वाचन प्रणाली र सुशासनका विषयमा निर्वाचन आयोग तथा राष्ट्रिय सभा, दिगो विकास तथा सुसाशन समितिका माननिय सदस्यहरू तथा अपाङ्गता भएका व्यक्तिहरू बिच सो छलफल चलाईको हो ।

अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट स्वाबलम्वन जीवन पद्धति केन्द्र काठमाडौंबाट सहजकर्ता मनिष प्रसाईले अपाङ्गता भएका व्यक्तिको राजनैतिक अधिकारसँग जोडिएका सवालहरू प्रस्तुत गरे ।

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न संघसंस्थाबाट सहभागि भएका प्रतिनिधिहरूले अपाङ्गताका सवालमा आफ्ना धारणाहरू राखे ।

राष्ट्रिय सभा, दिगो विकास तथा सुसाशन समितिका माननिय सदस्यहरूले सो बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नका लागि सरकारले संवेदनशिल भएर लाग्नुपर्नेमा जोड दिनुहुँदै सो का लागि आफ्ना तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्नका लागि कन्ज्यूस्याईं नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो बैठकको अध्यक्षता गर्दै राष्ट्रिय सभा, दिगो विकास तथा सुसाशन समितिका सभापति माननिय प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नका लागि बनेका कानुनी प्रावधानहरू व्यवहारिक रूपमा लागु गर्नका लागि सबैले भूमिका खेल्नुपर्ने बताउँदै अपाङ्गता भएका व्यक्तिहरूलाई राजनितिमा सहभागिता गराउनका लागि निर्वाचन आयोग तथा संपूर्ण दलहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

बैठकमा उठेका निर्वाचन सम्बन्धी सवालहरूलाई संवोधन गर्नु हुँदै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई अपाङ्गतामैत्री बनाउन र अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गराउने सम्बन्धमा आयोग अत्यन्तै संवेदनशिल रहेकोले समावेशी निर्वाचन प्रणालीको व्यवस्थाका लागि आयोगले आवश्यक भूमिका निर्वाह गर्ने बताए ।

त्यसैगरी बैठकमा गृह मन्त्रालयकातर्फबाट संवोधन गर्दै गृह सचिव दिनेश भट्टराईले अपाङ्गता भएका व्यक्तिहरू तथा अपाङ्गता सवालमा गृह मन्त्रालय अत्यन्त गंभिर रहेको जानकारी दिनुहुँदै आवश्यक भूमिका निर्वाह गर्न आवश्यक भूमिका खेल्ने बताए ।

nijgadh-supermart-adz1200-630