सार्वजनिक माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको ६० औं स्थापना दिवस तथा हीरक जयन्ती सम्पन्न
वि.सं.२०८१ पुस २३ मंगलवार २३:४४

निजगढ–बाराको निजगढ–५ वागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको ६० औं स्थापना दिवस तथा हीरक जयन्ती सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको हीरक जयन्ती समारोहको दोस्रो दिनको कार्यक्रमलाई निजगढ नगरपालिकाका मेयर सूरथ पुरीले सम्बोधन गरेका छन् । उनले हिरक स्तम्भ बनाउन नगरपालिकाले सहयोग गर्ने घोषणा गरेका छन् । मेयर पुरीले पिता चुडानाथ पुरीको स्मृतिमा एक जना विद्यार्थीको कक्षा १ देखि १२ सम्मको पूर्ण अभिभावकत्व ग्रहण गर्ने घोषणा समेत गरेका छन् ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले विभिन्न क्षेत्रमा पहिचान स्थापित गरेका पूर्व विद्यार्थीलाई हीरक जयन्तीमा आमन्त्रण गरेर नयाँ पुस्तालाई देशभित्रै स्थापित गर्न प्रेरित गर्ने उदेश्य रहेको बताएका छन् ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले आगामी शैक्षिकसत्रबाट बालबालिकाको लागि विद्यालय बस सञ्चालन गरिने बताएका छन् ।
यसैविच हीरक जयन्तीको अवसरमा दिर्घ सेवा सम्मानबाट विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, शिक्षक भोलाप्रसाद चौलागाई र लेखापाल नवराज प्रसाद गौतमलाई सम्मान गरिएको छ ।
त्यसैगरि विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई हीरक सम्मान पत्र प्रदान गरिएको छ । त्यस्तै विशेष शिक्षक सम्मान अन्तर्गत सक्रिय शिक्षकतर्फ राजनप्रसाद पोखरेल, आदर्शतर्फ मिलन लामा, उत्कृष्ट वर्ष शिक्षक सम्मान कृष्ण थिङलाई प्रदान गरिएको छ ।
त्यस्तै राष्ट्रपति रनि»शिल्ड प्रतियोगितामा गोल्ड मेडल विजेता खेलाडीलाई विद्यालयले जनही एक हजार पाँच प्रदान गरिएको छ ।
त्यस्तै लाल सुन अक्षय कोषबाट विपन्न, असहाय तथा जेहेन्दार दुई जनालाई जनही चार हजार पाँच सयका दरले छात्रबृत्ति प्रदान गरिएको छ ।
त्यस्तै जगन्नाथ चन्द्रकला स्मृति अक्षय कोष र बृहद छात्रबृत्ति अक्षय कोषबाट कक्षा नसर्रीदेखि कक्षा ११ सम्मका प्रथम, द्धितीय र तृतीय विद्यार्थीलाई पाँच सय, चार सय र तीन सयका दरले पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै रविन सुवेदीको तर्फबाट एसईई परीक्षा २०८१ का उत्कृष्ट एक जना विद्यार्थीलाई पाँच हजार पाँच सय ५५ रुपैँया पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमद्धारा बासुदेव मनमाई अक्षय कोषबाट कक्षा १२ का दुई जना उत्कृष्ट विद्यार्थीलाई जनही चार हजार पाँच रुपैँया पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै सिताहरी प्रतिष्ठान काठमाण्डौं मार्फत नविन गौतम र विनय गौतमबाट एसईई परीक्षामा उत्कृष्ट भएक एक/एक जना छात्रछात्रालाई जनही पाँच हजार पाँच सय ५५ रुपैँया पुरस्कार प्रदान गरिएको छ ।
हीरक जयन्तीको अवसरमा सञ्चालित खेलकुद तथा विविध विद्यामा मेडल तथा सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा, अैचोपौचो साकोसका अध्यक्ष नारायणप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण भोलाप्रसाद चौलागाई, रमेश तिमल्सिना र रचना शर्माले गरेका थिए ।
वि.सं.२०८१ पुस २३ मंगलवार २३:४४
















