skip this farak Kura Pravakar

३३ के.भी. पिलुवा–कलैया लाइन निर्माणका लागि सटडाउन, एक घण्टा विद्युत सेवा अवरुद्ध हुने

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-३३ के.भी. पिलुवा–कलैया विद्युत लाइन निर्माणका क्रममा सटडाउन आवश्यक पर्ने भएकाले एक घण्टाका लागि विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार, मिति २०८२ जेष्ठ २७ गते दिउँसो १२:४६ बजेबाट सुरु हुने सटडाउनका कारण पिलुवा सबस्टेशन अन्तर्गत पर्ने बडहर्वा फिडर क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ । विद्युत अवरुद्ध हुने अवधि करिब १ घण्टाको हुनेछ ।

उक्त कार्य आवश्यक मर्मत तथा लाइन निर्माणका लागि गरिएको हो । विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमा प्रार्थना गर्दै समयमै वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

nijgadh-supermart-adz1200-630