बुढाथोकीद्वारा कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
वि.सं.२०८३ असोज २० मंगलवार १७:१०

निजगढ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शम्भुबहादुर बुढाथोकीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेस प्रदेश खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
बाराको निजगढ नगरपालिका–९ निवासी नेता बुढाथोकीले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै मधेस प्रदेशको राजनीतिक तथा सांगठनिक हितका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्।
उम्मेदवारी दर्तापछि बुढाथोकीले महाधिवेशन प्रतिनिधिहरूबाट आफूलाई अमूल्य मत तथा साथ–समर्थन प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्। उनले पार्टीको नीति, विचार र संगठनलाई थप मजबुत बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत जनाएका छन्।
बुढाथोकी बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासीसमेत हुन्। स्थानीयस्तरमा पार्टी संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका बुढाथोकीले मधेस प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएसँगै उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।
वि.सं.२०८३ असोज २० मंगलवार १७:१०
















