skip this farak Kura Pravakar

सहकारी दिवसको पूर्वसन्ध्यामा निजगढमा वक्तृत्वकला कार्यक्रम आयोजना, यी हुन् विजयी

प्रभातफेरी र अन्तरकृया हुने

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–६८ औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा निजगढ नगरपालिकाले मंगलबार वक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ ।

ग्रामिण अर्थतन्त्र विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकला कार्यक्रममा विद्यालय र सहकारीको प्रतिनिधित्व गर्दै ९ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

को भए विजयी ?

प्रतिस्पर्धामा अ‍ैचोपैचो साकोसकी प्रतियोगि सरिष्मा चौलागाई प्रथम भएकी छिन् । त्यसैगरि लोकप्रिय साकोसकी सम्पदा खरेल दितृय र विद्यासागर ईङ्गलिस सेकेन्डरी स्कुलकी साहना पौडेल तृतीय भएकी छिन् ।

प्रतियोगितामा संस्कृति विश्व विद्यालयका उपप्रध्यापक सुदेश सत्याल र मधेस प्रदेशका रजिष्टार कार्यालयका अधिकृत सुनिल थापा निर्णायक थिए ।
प्रतियोगिताको विजयीलाई सहकारी दिवस समारोहमा बुधबार पुरस्कृत गरिने सहकारी तथा योजना शाखा प्रमुख अजयकुमार उप्रेतीले जानकारी दिए ।

यसैविच वक्तृत्वकला उद्घाटन समारोहमा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, निजगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटा, मधेस प्रदेशका रजिष्टार कार्यालयका अधिकृत सुनिल थापाले सम्बोधन गरेका थिए ।

सहकारी तथा योजना शाखा प्रमुख अजयकुमार उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रशासन प्रमुख जीवन गौतमले स्वागत गरेका थिए ।

कार्यक्रममा साविक निजगढ गाविसका पूर्व उपाध्यक्ष अम्बिकाप्रसाद चौलागाई, नेस्कुन सञ्चालक शोभा राउत, निजगढ सहकारी संञ्जालका संयोजक भोलाप्रसाद गौतम लगायत विभिन्न सहकारी संस्थाका सञ्चालक एवं व्यवस्थापकको उपस्थिति रहेको थियो ।

प्रभातफेरी र अन्तरकृया हुने

सहकारी दिवसको अवसरमा बुधबार विहान प्रभातफेरी आयोजना हुने भएको छ ।

नगरपालिका कार्यालयबाट सुरु हुने प्रभातफेरी निजगढ–८ स्थित शुभकार्य व्यन्क्यूटमा पुगेर अन्र्तकया कार्यक्रममा परिणत हुनेछ ।

nijgadh-supermart-adz1200-630