skip this yams_Max_Hospital.jpeg

निजगढ नगरपालिका ४ नम्बर वडा कार्यालयद्धारा अग्नी पीडितलाई राहत सामाग्री सहयोग

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–४ स्थित चारघरेका अग्नी पीडित हिराबहादुर तिमल्सिनाको परिवारलाई निजगढ नगरपालिका ४ नम्बर वडा कार्यालयले राहत सामाग्री उपलब्ध गराएको छ ।

वडा अध्यक्ष विसन सापकोटा नेतृत्वको वडा समितिको टोलीले अनुगमन गरेपछि तत्काल आवश्यक ओड्ने, ओछ्याउने, लत्ताकपडा सहयोग गरेको हो ।

राहत हस्तान्तरण गर्न निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मिना चौरेल, वडा सदस्य सुमित्रा विश्वकर्मा, राशन कुमर, सागर गौतमको उपस्थिति रहेको थियो ।

विद्युत सर्ट भई तिमल्सिनाको घरमा विहीबार साँझ आगलागी भएको थियो । आगलागीबाट करिब तीन लाख बराबरको क्षति भएको छ ।

nijgadh-supermart-adz1200-630