बारामा गाेली हानी एक जनाकाे हत्या

वि.सं.२०७९ पुस ८ शुक्रवार १९:५५
29.79K
shares

बारा-बारामा एक भारतीय नागरिककाे गाेली हानि हत्या भएको छ ।
बाराको महागढीमाई नगरापालिका बरियारपुर स्थित भूतही पुल भएको गाेली प्रहारबाट भारतकाे छाैडादानुका ४५ वर्षिय शिवपुजन यादव मृत्युु भएको बाराका प्रहरी प्रमुख एसपी हाेवेन्द्र बाेगटीले जानकारी दिए ।
अज्ञात ब्याक्तीले गोली प्रहारबाट गम्भीर घाइते भएकोमा वीरगन्जस्थित एलएस न्यूरोमा उपचारको क्रममा मृत्यु भएको हाे ।
प्रहरीले घटनामा संलग्नताको खाेजी गरिरहेकाे जनाएको छ ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १९:५५