दिनेश गौतमको गितमा विदेशिएका नेपाली युवालाई स्वदेश फर्किन आह्वान (भिडियोसहित)

परदेशीको म्यूजिक भिडियो सार्वजनिक

600 shares

काठमाडौं–गायक दिनेश गौतमको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक गौतमकै शब्द र संगित रहेको गितको म्यूजिक भिडियोमा शिर्ष भूमिकामा शसक्त रुपमा प्रस्तुत भएका छन् ।

काठमाण्डौंको अनामनगरस्थित बटुवा रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमका बीच म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियोलाई दिनेश गौतम अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

रामजी लामिछानेले निर्देशन गरेको भिडियोको निर्माण रामचन्द्र गौतमले गरेका हुन् । भिडियोमा निर्माता गौतमको पनि अभिनय रहेको छ । उनीसंगै लिला केसी, सुदिप ढकाल, एलिना ठकुरी, बद्रि चौलागाई, निर्मला खत्री र सागर पुन मगरको समेत अभिनय रहेको छ ।

विदेशिनु पर्दाको पीडालाई देखाईएको गितमा विदेशिएका नेपाली युवालाई स्वदेश फर्किन आह्वान गरिएको छ ।