skip this farak Kura Pravakar

कविता : रुबसी

990 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मलाई मान्छे बनाउन जुटेका मेरा अंङहरू
अब बुढ्यौलीको यात्रामा निस्कन थाले
ए! सुनकेशरी
यति धेरै पनि नहाँस तिमी
जुन हाँसोले मलाई
आफ्नै हातबाट फुत्किएक्को जवानी
सम्झाएर कुटिरहन्छ।

म भित्र लुकेका गुप्त अङका सुषुप्त चाहानाहरू
जवानी पिएर उकालो लागिसके
ए ! कादम्बरी
ती ओठमा त्यति धेरै मोहनी मन्त्र नफिँजाऊ
फ़ेरि प्रकृतिको विरुद्धमा उत्रन सक्छु
जवनी थन्क्याएर
बूढो हुन हिडिसकेँ म
हिउँदको सौरऊर्जा झैँ प्रकृष्ट पनि नबन तिमी
थोरै थोरै बादल लागेको मन पनि बाहिर निकाल
नत्र,
बेमौसमी झरी पर्न सक्छ
अन्याय गर्न सक्छ धर्ती माथि झरिले
विश्वामित्रको तपस्या भङ्ग गर्न आएकी
शकुन्तलाले झैँ
जवानीमा नफुटेको रसरङ्ग फुटाउन नखोज
ए!हँसमुख कान्ता
तिम्रो विनोदी स्वभावले
तिमी तिरै डोर्‍याउन सक्छ मलाई
जसरी फूलको माधुर्य देखेर
भमरो बूढो हुँने रहर गर्दैन ।

मन र रहर बाँधेर
आफूलाई जतन गरिरहेछु मैले
ए ! रुबसी
मृदुलु भएर यता नआउ
निभ्न लागेको दीपकले पनि
अन्तिम पटक जवानी फिँजाएर निभ्छ ।

nera mabi laal
nijgadh-supermart-adz1200-630