skip this farak Kura Pravakar

अस्पतालमा आक्रमण गर्नेलाई कारबाही नभए सेवा ठप्प पार्ने सिम्रौनगढ नगरपालिकाको चेतावनी

462 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : सर्पदन्सको उपचार नपाएर बाराको सिम्रौनगढमा आईतबार महुवाईका समेद प्रसाद गुप्ताका दुई वर्षिय छोरा अनुराजको मृत्यु भएको घटनालाई लिएर सोमबार प्रदर्शन भएको छ ।
डाक्टरको लापरबाहीले नाबालकको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयले सिम्रौनगढ नगर अस्पतालमा तोडफोड गरेका थिए ।
अस्पातलमा तोडफोड र कुटपिट भएको घटनाप्रति सिम्रौनगढ नगरपालिकाले विज्ञप्ती प्रकाशित गरेर विरोध जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र प्रसाद साहले विज्ञप्ती निकालेर भौतिक संरचना तोडफोड र चिकित्सक तथा अन्य कर्मचारी, सुरक्षाकर्मीमाथि निर्घात कुटपिट भएको जनाएका छन् ।
कुटपिटमा संलग्नलाई कारबाहीको माग गरिएको छ । २४ घण्टाभित्र कारबाही नभए नगरपालिकाको सबै सेवा ठप्प पार्ने चेतावनी दिईएको छ ।

विज्ञप्ती

nijgadh-supermart-adz1200-630