अन्तर्राष्ट्रिय नारी दिवस : कमानेमा सेनिटरी प्याड बनाउने तालिम

399 shares

हेटौंडा-अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा मकवानपुरको हेटौंडामा सेनिटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।

जेसिआई हेटौडा लेडिले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका-८ कमानेमा महिलाहरुलाई एक दिने सेनिटरि प्याड बनाउने तालिम दिईएकाे हाे ।

जेसिआई हेटौडा लेडिले एकता आमा समुहसंगकाे समन्वयमा तालिम आयाेजना गरिएको हेटौडा लेडि जेसिज महासचिव(बर्ष २०२३) जेसि सरस्वती थिङ केसीले जानकारी दिईन् ।

यसअघि हेटौडा उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम थापा प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८ नं. वडाको जनप्रतिनिधि रिता मङ्ग्राती, बिकासको लागि सामुदायिक जागरण नेपालका (CAD NEPAL)अध्यक्ष बबि थापा, नेपाल राष्ट्रिय भुतपुर्व सैनिक श्रीमती संघका ८ नं. का अध्यक्ष अनिता थापाकाे विशेष उपस्थिति रहेकाे थियाे ।

जेसिआई हेटौडा लेडि बर्ष २०२३ कि शाखा अध्यक्ष जेसि डिलमाया घर्ति (दिलु) को सभाध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन महासचिव जेसि सरस्वती थिङ केसीले र स्वागत कानुनी सल्लाहाकार जेसि सजिता केसीले राखेकी थिईन ।

जेसी सन्जिवनी लोप्चनकाे संयाेजनमा भएकाे तालिममा प्रमुख प्रशिक्षक दुर्गा क्षेत्रीले सहभागीलाई प्रशिक्षण दिएकी थिईन् ।