अन्तर्राष्ट्रिय नारी दिवस : हेटौंडा अस्पतालमा जेसीस लेडीले बाड्याे सुत्केरीलाई पाेषित आहार

381 shares

हेटौंडा-अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा हेटौंडा अस्पतालमा सुत्केरीलाई पाेषित आहार वितरण गरिएकाे छ ।

जेसिआई हेटौडा लेडिले हेटौडा अस्पतालमा सुत्केरी भेटघाट तथा पोषिलो आहार वितरण गरेर दिवस मनाएकाे हाे ।

जेसिआई हेटौडा लेडि वर्ष २०२३ कि शाखा अध्यक्ष जेसी डिलमाया घर्ति (दिलु) को सभाध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि हेटौडा अस्पताल को नर्सिङ अफिसर्स देवकी क्षेत्री रहेकी थिइन् ।


जेसी मनिता रेग्मीकाे संयोजकत्वमा भएको कार्यक्रम सञ्चालन महासचिव जेसी सरस्वती थिङ केसी र स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष जेसि अस्मिता न्यौपानेकाे रहेकाे थियाे ।

कार्यक्रममा जेसिज आस्था पाठ बाचन जेसी ईन्दिरा बानियालगायतले गरेका थिए भने कार्यक्रममा हेटौडा लेडिका पदाधिकारी सहभागी थिए ।