जनकल्याण आधारभुत विद्यालयकाे अध्यक्षमा राम खड्का सर्वसम्मत चयन

वि.सं.२०७९ चैत ४ शनिवार १३:०१
627
shares

बारा-बाराकाे निजगढ-४ पुरानाेटाेलस्थित जनकल्याण आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन भएको छ ।
विद्यालयका अभिभावक भेलाले नयाँ व्यवस्थापन समिति सर्वसम्मत चयन गरेकाे हाे ।
नव गठित समितिको अध्यक्षमा राम बहादुर खड्का, सदस्यहरु राजकुमार कार्की, रन्जु अधिकारी, सपना रेग्मी, सिर्जना अधिकारी, सरिता सुनार चयन भएका छन् ।
खड्का यसअघि दुई कार्यकाल सदस्य रहेका थिए । विद्यालयकाे गुणस्तरीय शिक्षा र भाैतिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष खड्काले बताए ।

वि.सं.२०७९ चैत ४ शनिवार १३:०१