skip this farak Kura Pravakar

चोरीको मोटरसाइकलसहित तीन युवक पक्राउ

633 shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज : चोरीका मोटरसाइकलसहित पर्सा प्रहरीले तीन युवकलाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३० बस्ने २१ वर्षीय कृष्णा पटेल, २० वर्षीय आकाश यादव र पोखरिया नगरपालिका ६ रानीगञ्जका २० वर्षीय रहमान आलम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पटेल र यादवको साथबाट बा. ४२ प ५२६३ नम्बरको कालो रंगको पल्सर, ना. ११६ प ३३६७ नम्बरकोे हरियो रंगको पल्सर, ना. १४ प ८४ नम्बरको प्यासन प्रो र ग. १ प ७६९४ नम्बरको आर एक्स यामाहा मोटरसाइकल बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले बताए ।
यस्तै आलमको साथबाट वीरगञ्ज महानगरपालिका २५ सिर्सिया बस्ने कामेश्वर पटेलको चोरी भएको ना. ३५ प ४३६२ नम्बरको कालो रातो रंगको पल्सर मोटरसाइकल बरामद गरिएको डिएसपी खनालले जानकारी दिए । ‘पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

nijgadh-supermart-adz1200-630