२३ जना जेष्ठ नागरिक अतिथि राखेर सगरमाथा साकाेसले मनायाे साधारणसभा

621 shares

बारा-निजगढ-७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले ६८ वर्षमाथिका आफ्ना २३ जना जेष्ठ नागरिक अतिथि राखेर २३ ओैं वार्षिक साधारणसभा मनाएको छ ।

निजगढ-८ स्थिति निजगढ बैन्क्युट एण्ड सेमिनार हलमा विहीबार २३ ओैं वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको हाे ।

संस्थाका अध्यक्ष भाेलाप्रसाद गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाका जेष्ठ सदस्य कृष्णप्रसाद उपाध्याय प्रमुख अतिथि छन् । उनले पानसमा बत्ती बालेर साधारणसभाकाे उद्घाटन गरेका थिए ।

कार्यक्रममा ताेयानाथ चाैलागाई, सन्तबहादुर राउत, चन्द्रसिंह तामाङ, दियाेमाया गाैतम, दिलप्रसाद गाैतम, हिराबहादुर तिमल्सिना, कुलबहादुर मुक्तान, तुलसादेवी पराजुली, ईन्द्रमाया श्रेष्ठ, भगवती रिजाल, विद्याकुमारी दाहाल, शम्भु भण्डारी, जानुकादेवी पराजुली, रामप्रसाद शर्मा, रामबहादुर भारती, नागेन्द्र प्रसाद साह, बासुदेव दाहाल,चेतराज खरेल, लक्ष्मीदेवी तामाङनी, फत्तकुमारी भण्डारी र धनप्रसाद गाैमत अतिथि थिए । संस्थाले उनीहरुलाई दाेसल्ला, हर्लिक्स लगायतले सम्मान गरिएको थियाे ।

जेष्ठ नागरिक सम्मान ।

संस्थाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका गाैरीशंकर माध्यमिक विद्यालय सडकटाेलका छात्र निश्चल नेपाल र विद्यासागर ईङ्लिस स्कुलका बनिता बज्राचार्य र उत्कृष्ट बाल बचत ऐश्वर्य श्रेष्ठलाई नगद दुई हजारसहित पुरस्कृत गरेकाे छ ।

त्यस्तै उत्कृष्ट शेयर काराेबार सदस्य लक्ष्मीकुमारी क्षेत्री, उत्कृष्ट ऋणी सदस्य गाैरीकुमारी राउत, उत्कृष्ट बचत काराेबार सदस्य राजकुमार लामा र कर्मचारी सम्मान प्रमिला कुमारी क्षेत्रीललाई साधारण सभाकाे अवसरमा सम्मान गरिएको छ ।

प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भाेलाप्रसाद गाैतम ।

कार्यक्रममा संस्थाले स्थापना गरेकाे शैक्षिक अक्षयकोषबाट निजगढ ९ स्थित जनजागृती आधारभुत विद्यालयलाइ ४० हजारकाे चेक हस्तान्तरण गरिएको छ । त्यस्तै संस्थागत प्रतिवेदन संस्थाका अध्यक्ष भाेलाप्रसाद गाैतम, लेखा समितिकाे प्रतिवेदन लेखा संयाेजक रुद्रप्रसाद धिताल, आर्थिक प्रतिवेदन बच्चुराम लामिछाने र स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हरिमैया उपाध्याय पाेखरेल, निवर्तमान वडा अध्यक्ष सुदर्शन बडाल र सेयर सदस्य मुक्तिनाथ अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाले १४७३ सदस्यकाे बीचमा काराेबार गरेर ५० लाख ६ हजार ७ सय ८३ खुद नाफा कमाएकाे छ । संस्थाले ९ कराेड ३ लाख ७४ हजार ७ सय ९० कुल काराेबार गरेकाे संस्थाका व्यवस्थापक हरिप्रसाद पण्डितले जानकारी दिए ।