skip this yams_Max_Hospital.jpeg

लघुकथा : निराधार आरोप

72 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पाल्देन ज्योज्यो भुतभुताएको सुनेर छक्क परेँ । शान्त र सरल स्वभावका उसलाई के कुरामा रिस उठेछ ?

म उसलाई चार वर्षदेखि राम्ररी चिन्छु । तर मैले उसलाई यति धेरै रिसाएको कहिले देखेको थिईन ।
यसो झ्याल खोलेर बार्दलीतिर हेरेँ । पाल्देन ज्योज्यो अझै भुतभुताईरहेको थियो ।
” ज्योज्यो ! निकै तनावमा देख्छु नि । के भो ?” मैले सोधेँ ।

” के हुनु, यो भुसियालाई मासु भात लागेछ । मान्छे गेट खोलेर भित्र छिरिसक्दा पनि यसको निन्द्रा खुल्दैन । यसको मेमे, यसको आपा छुसुक्क केही हुनु हुँदैनथ्यो ठाडै छोपी हाल्थे । यो चाहिँ बिहान बिहान डुल्न पाएर, दिनदिनै हाडमासु खान पाएर , आफ्नै चिटिक्क परेको न्यानो घर पाएर मात्तिए छ भाइ । ” पाल्देनले थोप्लेमाथि भएभरको रिस पोख्यो ।

” हैन, भएको चाहिँ के हो ? दाइ त यति धेरै रिसाउने मान्छे त होइन । ” मैले कुरा कोट्याई हेरेँ ।
” धोएर सुकाएको मेर‍ो नयाँ स्पोर्ट्स सु कम्पाउण्डबाटै हरायो । यसलाई टन्न खुवाएर राखेको के काम ? अब यसलाई बाग्मतीको बाढीमा फालेर नआई भएन । ”

थोप्लेलाई सिक्रीसँगै कतै लग्न तरखर गरिरहृे क‌ै बेला गेट खोलेर भित्र छिरेको उसको भाइ छोगेलको खुट्टामा उहीँ धोएर सुकाएको जुत्ता देखेर उ लाजले भुतुक्क भयो ।
उसले मतिर पुलुक्क हेर्यो र ङिच्च हाँस्दै थोप्लेलाई मायाले मुसार्न थाल्यो ।
०००

nijgadh-supermart-adz1200-630