रङ्गहरुकाे पर्व होलीकाे महिमा !

वि.सं.२०७९ फागुन २२ सोमवार ११:४९

होली हिन्दुहरुको महत्वपूर्ण चाड हो । यो रंगहरुको पर्व हो । होली पर्व वसन्त ऋतुमा दुई दिनसम्म मनाइन्छ । यो पर्वको अघिल्लो रात होलिका दहनबाट सुरु हुन्छ र अर्को दिनलाई होली भनिन्छ ।
होली एक खुशीको अवसर हो जब हामी सबैसँग खुल्ला रूपमा घुलमिल हुन्छौं । हामीले धनी र गरिबबीचको सामाजिक विभेद बिर्सेका छौं। चाडपर्वको यो रंगले मानिसलाई एकताबद्ध बनाउँछ र जीवनबाट सबै प्रकारका नकारात्मकता हटाउँछ।
के हाे हाेली ?
होली हिन्दुहरुको महत्वपूर्ण चाड हो । यो रंगहरुको पर्व हो । होली पर्व वसन्त ऋतुमा दुई दिनसम्म मनाइन्छ । यो पर्वको अघिल्लो रात होलिका दहनबाट सुरु हुन्छ र अर्को दिनलाई होली भनिन्छ ।
होलीको अवसरमा जनता निकै खुसी छन् । तिनीहरूले आफ्नो चिन्ता र चिन्ता बिर्सन्छन्। तिनीहरू स्वादिष्ट खाना बनाउँछन् । उनीहरूले नयाँ लुगा लगाउँछन्। तिनीहरूले एकअर्कामा रंगीन पानी छर्काउँछन्। तिनीहरूले अरूको अनुहारमा रंगीन धुलो दाग्छन् । तिनीहरू गाउँछन्, नाच्छन्, र उफ्रन्छन्। ढोल बजाए र होलीका गीत गाउँछन् । तिनीहरू खुशीले लगभग पागल छन्। आफू के हो भनेर बिर्सन्छन् । साँझपख तिनीहरू आफ्ना साथीभाइ, आफन्त र छिमेकीहरूलाई भेट्न जान्छन्। एकअर्कालाई अँगालो हाल्छन् । अरुको अनुहारमा अबिर लगाउँछन् ।
यसरी सुरु हुन्छ
प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएसँगै फागुपर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आइतबार बिहान विशेष पूजा गरी ठड्याइने गरिन्छ । रङ्गीचङ्गी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्ईन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एक आपसमा अविर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ ।
असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढलाएर टुँडिखेलमा पुर्याइ दहन गर्ने परम्परा रहेको छ। चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति स्वस्ति र क्षमा पूजागरिने चलन छ। त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्ति, शान्ति, होम र क्षमा पूजा गराइने चलन रहदै आएको छ ।
त्यसै अवसरमा हनुमानढोका दरवार परिसर तथा हनुमानढोका दरवारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीविरंगी कपडाका टुक्राहरु झुन्ड्याईएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने चलन छ । साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्नमुद्राका गोपीका मूर्तिहरु सजाई अविर छर्केर पूजा गरिदै आएको छ ।
फाल्गुण शुक्ल पूणिर्माको साइतमा चीरलाई ढाली तानेर लगी टुंडिखेलको मध्यभागमा पुर्याएर दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलीपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिममा दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गर्छ। चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा मानिसहरूले घर-घर लैजाने चलन छ।
यसैगरी ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य-चक्रमणशीलको मूर्तिलाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौ पटक ओहोरदोहोर गराउने परम्परा छ। नेपाल भाषामा यसलाई ‘गुह्रु न्यायेकेगु’ भन्ने गरिन्छ। त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ होली खेल्दै जात्रा गरेर ठमेल नगर परिक्रमा गराइन्छ। सिंहसार्थ बाह भनिने त्यस मानवाकृत रातो चकँ द्यको मूर्तिलाई बाजागाजाले सहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पुर्याोउने परम्परा छ। चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैले लेखेको भनिने ‘प्रज्ञापारमिता’ नामका ठूल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो। तर केही वर्षयता ‘ठ्यासफु’ का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडेको छ।
लाेक कथन
व्यापारीहरूको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ वाह स्वदेश र्फकने क्रममा सँगै आएका सबै व्यापारीहरू मारिएका र उनी मात्र बाँचेर सकुशल आफ्नो घर फर्केको खुसियालीमा सिन्दुर जात्रा गरी होली खेलिएदेखि चकँ द्य जात्रा गर्ने परम्परा चलेको लोककथन पनि छ। ऋतुराज वसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणिय देखिन थालेको वातावरमा आठ दिनसम्म एकापसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यस राष्ट्रिय पर्वमा भाङ, घोट्टा पिउने तथा ख्याली, टप्पा, वसन्त राग गाउँदै नाच्दै निकै रमाइलो गरिन्छ ।
युवायुवतिहरूले यस पर्वलाई आफूले मन पराएकासंग लामो समयदेखि आफूले प्रकट गर्न नसकेको मायाप्रीतिलाई नाच गानको माध्यमबाट प्रकट गर्ने अवसरको रूपमा पनि लिने गर्दछ ।यस पर्वमा चीर ठड्याउने परम्परा सम्वन्धमा एक लोककथन अनुसार एक पटक यमुना नदीमा एक समूह गोपिनीहरु निवस्त्र नुहाइरहेका थिए । त्यसै बेला भगवान श्रीकृष्णले ती गोपिनीहरूको सबै लुगाहरु नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याई आफू अर्का हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरूले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन् । बरु उनले भने ‘निबस्त्र नुहाएकोमा प्रायश्चित गरेमात्र लुगाहरु दिनेछु ।’ त्यसअनुसार गोपिनीहरूले श्रीकृष्णलाई अर्घ्य जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगाहरु झारी दिएका थिए । श्रीकृष्णको त्यसै रास लीलाको स्मरणमा गोपिनीहरूको लुगाको प्रतिकमा रंगीचंगी कपडाका टुक्राहरु झुन्ड्याई चीर ठड्याउने प्रचलन भएको भन्ने छ ।
पहाड र तराईमा फरक दिन
काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।
अन्त्यमा हाेली पर्वकाे अवसरमा समस्त नेपालीजनमा रङ्गहरुकाे पर्व हाेलीकाे हार्दिक शुभकामना !
(सन्दर्भ सामाग्री : विकिपिडिया नेपाल)
-मुलपानी, काठमाडौं

वि.सं.२०७९ फागुन २२ सोमवार ११:४९