सानाेसानाे कुरामा मन दुखाउने, एक्लाेपन अनुभव हुने, परिवार छाेराछाेरीले सम्झाउदा पनि नसम्हालिने, साथीलाइ सम्झिँदै एकाेहाेरिने, टाेलाउने, रिसाउने, झर्किने, नखाने, रुइ रहने भए पछि परिवारलाइ पनि पर्न सम्म पिर पर्न थाल्याे ! सम्झाउँदा पनि अहँ मन नबुझाउने मालती

लघु कथा : अनाैठाे प्रेम

1.15K shares

अचानक मालतीकाे काठमाडौ बाहिरकी एक साथीसँग परिचय र चिनजान हुन पुग्छ । फेसबुकककाे माध्यामबाट । जुन उनकी साथी असाध्यै मिलनसार, सरल, सालीन र बाैद्धिक लेभलकी पनि हुन्छिन !
यसै क्रममा,
दाेहाेराे कुरा हुँदैजाँदा उनीहरुकाे माया झाँङ्गिदै जान्छ। पारिवारिक मेलझैँ सम्बन्ध हुन पुग्छ । साथीले मालतीलाइ अनगिन्ति सपाेर्ट, माया र स्नेह पनि गरेकी हुन्छिन ।

उनि मालतीलाइ भेट्न काठमाडौ आउँछिन् भाैतिक रुपमा भेट्न पाउँदा मालती संसारकै प्याराे मान्छे पाएकाे झैं अनुभति गर्छिन ।
अझ सङ्गै बस्ने खाने सुत्ने भए पछि झनै प्रेमिल बाँध बाँधिन्छ ति दुई बिच । “जबकी मातापीताकै प्रतिबिम्ब देख्न थालीन साथीमा मालतीले”।

केहि दिनकाे बसाइ पश्चात ! साथी आफ्नाे घर फर्किने दिन निधाे भयाे । प्लेनकाे टिकट पनि टुङ्गाे भयाे ।

अब साथीकाे हिड्ने दिन आयाे भनेर मालती मन भारी बनायर भक्कानीन थाल्छिन । एकान्तमा रुँन थाल्छिन । हिड्ने दिन आउँछ । बिदाइका हातहरु हल्लाउँदै नमिठाे घडि नचाहादै पनि बिहाेर्न बाध्य हुन्छिन मालती ।

मन भत्भती पाेलेर निस्केका पिरा आँसु बर्साउन थाल्छिन् राेक्न सक्दिनन ती अनब्रथ आँसुका अस्रुधारा, भाबबिहाेल हुन्छिन् । साथीकाे अगाध प्रेमले कसैले सम्झाउँदा पनि उसलाइ “पिप भरिएकाे घाउ निचाेरिय झै डाहा हुन्थ्याे” सम्झनाले छाती फुट्ला झैं हुन्थ्याे ।

साथीकाे उनी पागल प्रेमी भइन् । मालतीकाे दिलमा निर्धक्क डेरा जमाइसकेकी हुन्छिन्। थाहा नहुन सक्छ “ति” साथीलाइ र महसुस गरेकी पनि सायद हुँदिनन् हाेला त्याे मायाकाे ।

तर, मालती उसैकाे मायामा बेचैन भै सकेकी हुन्छिन् , उनि माथी मालतीकाे आत्मा जाेड्डिसकेकाे हुन्छ ! के थाहा साथीलाइ !

लेखक शान्ति सुबेदी पाैडेल ।

“हरेक दिनकाे एक प्रहर मेराे अनुहार हेर्न पाए ! अनगिन्ति मालतीका मन भित्रका पीडाहरु निकाे हुन्छन् भन्ने अनी मालतीकाे बस् त्यहि मात्र एउटा स्वार्थ -प्रेम- थियाे । अरु केहि थिएन !

आफ्नाे दुखाइमा भन्दा साथीकाे दुखाइमा बेसरी रुन्थिन मालती । डुबेकी थिन् उसकाे मायामा ।
उसका आबरण चित्रहरु मनमा मात्र हैन, भित्तामा सजाएर राखेकी हुन्छिन् मालतीले ।

हेरेर टाेलाउथिन् पटकपटक ति तस्बिरहरुमा ! पगाल्नु सम्म पगालेकाे थियाे साथीकाे मायाले मालतीलाइ । “हरपल आफ्नै नजरमा घुमिरहन्थिन् साथी” परिवारले सम्झाउँदा पनि मालती अर्धचेत झैं हुन्छिन्”!

हुन त पुन: छिट्टै भेट्न आउने भनेर साथीले बिदा मागेर गएकी थिइन् । तर सकिनन् मन बुझाउन मालतीले । मनमा सजाएकाे मान्छेसँग छुट्टिँदा काे पीडा ।

“हतपत आँसु नझार्ने साहसी मालती”
उनकाे साथी प्रतिकाे निस्वार्थी अधिक मायाले दिनदिनै कमजाेर हुन थालिन । हरेक पल मनमुटु र मस्तिष्कमा संसारकै प्याराे मान्छेकाे रुपमा उसैलाइ सजाउन थालिन, देखिनन् अरु काेहि ।

सानाेसानाे कुरामा मन दुखाउने, एक्लाेपन अनुभव हुने, परिवार छाेराछाेरीले सम्झाउदा पनि नसम्हालिने, साथीलाइ सम्झिँदै एकाेहाेरिने, टाेलाउने, रिसाउने, झर्किने, नखाने, रुइ रहने भए पछि परिवारलाइ पनि पर्न सम्म पिर पर्न थाल्याे ! सम्झाउँदा पनि अहँ मन नबुझाउने मालती
“परिवारले उसकाे त्याे अवस्थालाइ मध्यनजर राखेर” हस्पिटल लगे, सबै चेकअप गराए पछि उहाँलाइ डिप्रेशन भइ सकेकाे छ, परामर्शकाे जरुरी छ भन्ने सल्लाह भयाे डाक्टरबाट । परिवार सबै छाँगाबाट खसेझैं भए !

– जडिबुटी, काठमाडौ