संविधानमा रहेका केही अस्पष्ट व्यवस्थालाई परिवर्तन गर्नुपर्छ – अर्जुन नरसिंह केसी

वि.सं.२०७९ चैत ४ शनिवार १४:५०

काठमाडौं । संविधानमा रहेका केही अस्पष्ट व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले बताएका छन्।आज बुटवलमा पत्रकारसँग कुराकानी गर्दै नेता केसीले जहाँ–जहाँ कमी कमजोरी देखिन्छन् त्यसलाई सुधार गर्दै जानुपर्ने बताएका छन् ।
उनले अहिलेको विकृति र जनगुनासोलाई हेर्दा संविधानमा देखिएका कतिपय व्यवस्था फेर्नु पर्ने देखिएको बताएका छन् । नेता केसीले भर्खरै भएको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट बाहिर आएका गुनासो बारेको प्रसंग कोट्याउँदै केसीले समानुपातिक प्रतिनिधित्वको सवालमा गम्भिरतापूर्वक सोच्नु पर्ने आवश्यकता औंल्याएका छन्।
राष्ट्रपति र उपराष्ट्रपति बनाउने विषयमा फरक लिंग वा फरक समुदाय भनेकाले फरक समुदाय भएकोले ठिक छ भनियो, एउटा पदमा महिला नै हुनुपर्छ भनेर तोकिएको भए बाध्यकारी हुने थियो,’ केसीले भने, ‘संविधानमै यस्तै अस्पष्टता रहेका कारण राष्ट्रपती र उपराष्ट्रपति दुबै पदमा पुरूष बन्नका लागि बाटो खोलिदियो।’नेता केसीले यस्तो अस्पष्टता र कमजोरीलाई अब सच्याउनुपर्ने बताएका छन्। उनले निर्वाचन पद्दति बारे पनि सोच्नुपर्ने र समानुपातिक सिटमा पनि निर्वाचन हुनुपर्ने बताएका छन्।

वि.सं.२०७९ चैत ४ शनिवार १४:५०