skip this hetauda tech

नयाँ राष्ट्रपतिले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ –अध्यक्ष ओली

327 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घी संसद् मतदान केन्द्रमा पार्टी अध्यक्ष एवं सङ्घीय सांसद ओलीले केहीबेर अघि मतदान गरेका हुन ।

मतदानपछि सञ्चारकर्मीसँग उनले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् ।

उनले भने, “नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन । देशप्रति बफादार भएर काम गर्नुपर्छ ।” उनले अघिल्ला दुई राष्ट्रपतिको भूमिकाको प्रशंसासमेत गरेका छन् । उनले भने, “वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ”, उनले थपे, “अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।”

nijgadh-supermart-adz1200-630