skip this hetauda tech

आज प्रधानमन्त्री दाहाल विरुद्धको रिटको सुनुवाइ हुँदै

837 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ हुने भएको छ । गत मंगलबार प्रधानमन्त्री दाहाल विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको थियो । द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको हो।

आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ। उक्त इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। उक्त आदेशपछि मात्र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डविरुद्ध मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुनेछ।

तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनयुद्धका बारेमा विवादित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ताको आदेश दिएको हो ।सर्वोच्च अदालतले २०७९ फागुन १९ गते सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो।आज दर्ता भएको रिटको आजका लागि पेसी तोकिएको थियो ।

nijgadh-supermart-adz1200-630