skip this hetauda tech

अप्पर सोलु हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

456 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणमा वितरण गर्न लागेको १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये कम्पनीले ३९ हजार १५० कित्ता कर्मचारीहरूका लागि र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदनदिन सक्नेछन् । सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तीनका शाखा कार्यालयहरूबाट साथै मेरो सेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

nijgadh-supermart-adz1200-630