skip this hetauda tech

झापाको चिया बगानमा दुई जना झुण्डिएको अवस्थामा फेला

828 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-झापाको एक चिया बगानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका-४ केचनाको एभरेष्ट चिया बगानमा एक युवक र एक युवती मृत भेटिएका हुन् ।

मृत भेटिएका २५ वर्षिय राजेस कुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशि रहेका छन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले लोकपथलाई जानकारी दिए ।

‘बिहानै स्थानीयले शव देखेपछि खबर गर्नुभयो । दुईजना एकै ठाँउमा झुष्डिएको अवस्थामा फेला परेका छन् । हामीले घटना स्थलमा अनुसन्धानगरिसकेका छौँ ।’ डिएसपी पाठकले बताए ।

डिएसपी पाठकका अनुसार प्रेमसम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान लगाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630