skip this hetauda tech

माओवादी केन्द्र कांग्रेससँगै मिल्न गएपछि सरकार छोड्ने तयारीमा एमाले

354 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आफ्नोतर्फबाट राष्ट्रपति उम्मेदवार छान्न एमाले शीर्ष नेताहरू छलफलमा जुटेका छन् । मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा सचिवालयमा रहेका नेताहरूले छलफल थालेका हुन् । यसअघि बैठक पार्टी कार्यालय च्यासलमा बस्ने भनिए पनि बालकोटमै सुरु भएको हो ।

प्रधानमन्त्री लिएर राष्ट्रपति दिने सहमति गरेको माओवादी केन्द्र कांग्रेससँगै मिल्न गएपछि एमाले सरकार छोड्ने तयारीमा छ । सँगै कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल नभएका दलसँग मिलेर राष्ट्रपति उम्मेदवार अघि सार्ने योजना एमालेको छ ।

nijgadh-supermart-adz1200-630