जीतपुरसिमरा वडा नं. ३ का वडा अध्यक्ष कार्की अख्तियारको फन्दामा (भिडियोसहित)

बारा–बाराको जीतपुरसिमरा ३ का वडा अध्यक्ष तारा बाहादुर कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । नेकपा (एमाले) मधेस प्रदेश कमिटी सदस्य समेत रहेका कार्कीलाई घुस रकमसहित जीतपुरको जयसवाल होटलबाट पक्राउ गरेको हो । स्रोतका अनुसार अख्तियारले पाँच लाख नगदसहित उनलाई पक्राउ गरेको हो । भिडियो : https://www.facebook.com/reel/332906716209044