अभिनेत्री काव्या थापर पक्राउ
वि.सं.२०७८ फागुन ७ शनिवार १०:३२
1.72K
shares

काठमाडाैं । तामिल र तेलुगू चलचित्रकी अभिनेत्री काव्या थापरलाई प्रहरीले पक्राउ गरेको छ । उनमाथि रक्सी खाएर गाडी चलाएको र ड्युटीमा बसेको प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ ।
उनले दुर्घटना गराएकी थिइन् जसमा एक जना व्यक्ति घाइतेसमेत भएका थिए । तर नायिकाले उल्टै प्रहरीलाई अभद्र व्यवहार गरेकी थिइन् । उनले प्रहरीमाथि हातपात र गाली गलौज गरेको आरोप लगाइएको छ । अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।
महाराष्ट्रमा जन्मेकी काव्या धेरै दक्षिण भारतीय चलचित्रमा देखिन्छिन् ।
वि.सं.२०७८ फागुन ७ शनिवार १०:३२
















